यो मन त मेरो नेपाली हो


रणवीर सिंह अब क्रिकेटर ?भन्छन -‘चुनौती स्वीकार गर्न तयार छु।’

 ‘पद्मावत’ सफलताको स्वाद जिब्रोबाट हराउन नपाउँदै ‘अल्लाउदिन खिलजी’ अर्थात् रणवीर सिंह अर्को प्रोजेक्टमा अनुबन्धित भइसकेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार निर्देशक कविर खानको फिल्म ‘गल्ली बोय’मा रणवीरले प्रख्यात क्रिकेटर कपिल देवको भुमिका निभाउने निश्चित भएको छ। फिल्ममा कविर खानले कपिलदेवको क्रिकेट यात्राका संघर्ष तथा उनले पाएका सफलताहरुलाई देखाउन लागेका छन्।

फिल्मका बारेमा एक्साइटेड रहेका रणवीर सिंहले आफू कविर खानको फ्यान रहेको र उनले बनाएको ‘बजरङ्गी भाइजान’ आफूलाई मन परेको फिल्महरुमध्य एक रहेको बताए। उनले थप्दै भनेका छन्, ‘यो फिल्मबाट मैले आफूलाई फेरि अर्को रुपमा दर्शकहरुसामु उपस्थित गराउन सक्नेछु। यो फिल्मले मलाई अर्को चुनौती थपिदिएको छ। म यो चुनौती स्वीकार गर्न तयार छु।’

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add