यो मन त मेरो नेपाली हो


शिवरात्रीमा नागा बाबाबाट हुने अश्लिलता रोक्न माग गर्दै रिट

सर्वोच्च अदालतमा शिवरात्री पर्वका अवसरमा धर्मका नाममा नागा बाबाबाट प्रदर्शन हुने अश्लिलता रोक्न माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

अधिवक्ता यज्ञमूर्ति न्यौपानेले आइतबार मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोषलगायतलाई विपक्षी बनाई दायर गरिएको निवेदनमा सो माग गरिएको हो ।

रिट निवेदनमा भनिएको छ, ‘शिवरात्रिमा सीमापारबाट पैसा खर्च गरेर नेपालमा नागा बाबा ल्याएर अश्लिलता प्रदर्शन गर्दा महिला तथा बालबालिकामा गम्भीर मानसिक असर पर्छ, यो नेपालको संविधानविपरीत कार्य भएको हुँदा रोक्नु जरुरी छ ।’

निवेदनमा नेपालको रुढीवादी परम्परालाई मान्यता दिँदै सन्तान नभएका महिलाहरुलाई शिव लिङ्गमा ढोग्दा सन्तान हुने जस्ता कुरीतिलाई कानूनीरुपमा बन्देज लगाउनुपर्ने, भाङ, धतुरो खाएर महिला र बालबालिकामाथि हुने यस्तो खालको विकृति रोक्न आदेशको माग गरिएको छ । (रासस)
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add