यो मन त मेरो नेपाली हो


एक पछि अर्को गर्दै कलाकारहरु किन हात झिक्दैछन्‘रानीमहल’बाट ?

केही दिन अघि राजधानीमा एक विशेष कार्यक्रमबिच चलचित्र ‘रानीमहल’को औपचारिक निर्माण घोषणा गरियो । यो चलचित्रमा नव–नायक आशिष् कोइरालाको साथमा नायिका वर्षा सिवाकोटीले रोमान्स गर्ने पक्का भएको थियो । साथै कलाकार प्रशान्त ताम्राकारको पनि रानीमहलमा मुख्य भूमिका रहने निर्माण पक्षले जानकारी दिए । तर निर्माण घोषणा भएको केही दिन नबित्दै कलाकार प्रशान्त ताम्राकारले चलचित्रबाट हात झिके ।

उनका अनुसार चलचित्र ‘रणबीर’ र ‘रानीमहल’को सुटिङ एकै समयमा हुने भएका कारण बताए । असारको सुरुवातबाट छायाङ्कनमा जाने भनिएको रानीमहलले अझै फ्लोरमा जाने सुरसार गरेको छैन । सोही कारण नायिका सिवाकोटीले चलचित्र छोडेको बताइन् । उनी भन्छिन् ‘असारबाट हो छायाङ्कन जाने भनिएको । तर अझै केही सुरसार छैन । यो बिचमा मैले धेरै चलचित्र छोडेको छु । जतिबेला पनि मिति सारेर हुन्छ ?’ उनी थप्छिन् ‘कहिले नायक परिवर्तन, कहिले डिजाइनर कहिले के भइरहन्छ, फेरी निर्देशक आफै अलमल्लमा हुनुहुन्छ । आफ्नो करियरलाई पनि मैले ध्यान दिनु जरुरी ठाने।’ यसअघि रानीमहलमा नायक प्रदीप खड्का तय भएका थिए । तर पछि उनले चलचित्र छोडेका थिए । यता डिजाइनर सुष्मा थापाले पनि रानीमहलको कारण धेरै दुख पाएको बताइन् ।‘ उहाँहरूको कुरा परिवर्तन भइरहने । पारिश्रमिकको विषयमा पनि कुरा मिलेन’ सुष्मा बताउँछिन् ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add