यो मन त मेरो नेपाली हो


निरुता र महेंद्रक्जो स्वोरमा 'जुनी भरि" सार्वजनिक / भिजोलामा खुश्बु

गायक महेन्द्र शाहीको मार्मिक लोक दोहोरी गीत ‘जुनी भरी यसरी नै सधै हाँसौँला’ भिडियो सहित बजारमा सार्वजनिक भएको छ । अछाम जिल्लाको बिर्पथ गा.बि.स.मा आमा मन्सरा देबि साह  र बाबा मीन साहको कोखबाट जन्मिनु भयका नव गायक महेन्द्र शाही सानै उमेर देखि गीत गुनगुनाउने गर्दथे भने मेलापात गोठ खर्क जाँदा गायक महेन्द्र बिभिन्न भाकाहरु सिर्जना गर्ने गर्दथे ।

आफ्नो प्यारो जन्म भुमीलाई छोडेर प्रवासमा बसेर पनि नेपाली गीत संगितलाई माया गर्ने गायक महेन्द्रले दुखेका मनहरुलाई मलम लगाउने भावनाहरु बगेको दोहोरी गीत जुनी भरी सैगै हाँसौँला म्युजिक भिडियो सार्वजनिक गरेका छन । गणेश शाही ठकुरीको शब्द सिर्जनामा तयार पारिएको सो गितमा लिपीवद्व लय समेत आफैले सिर्जना गरेका छन् । गीतमा गायिका निरुता खत्रीले आफ्नो सुमधुर आवाज भरेको सो गितलाई सेती महाकाली म्युजिक प्रालिले उत्पादन गरेको हो । गितको भिडियो समेत भारतमै सुटिङ्ग सम्पन्न भएको छ । महेश बिक्रम पाण्डेले म्युजिक एरेञ्ज गरेको सो गीतको सम्पादन कुमार शाहीले गरेको छ । भिडियोमा मोडेल खुस्बु भट्टराई र बिश्वास शाही र जेम्स शाहाले अभिनय गरेको छ भने यस गितको छायाङ्कन र निर्देशन समेत गणेश शाही ठकुरीले गरेका छन् ।

मार्मिक शब्दहरु कोर्न दखल महेन्द्र सालिन,सभ्य,मिलनसार र पार्दर्शी पात्रको रुपमा चिनिएको छ । सेती महाकाली म्युजिक प्रा.लि.बाट बजारमा आईरहेको यस गीतले थप कम्पनीको नाम उचाईमा पुग्ने कम्पनीका प्रबन्ध निर्देशक राम बहादुर दानीले बताएका छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add