नारण ढुंगाना / चितवन, २९ माघ : चितवनको सौराहमा आइृतबारबाट जारी फुड फेष्टिबलमा आज दोस्रो दिन विभिन्न कार्यक्रमहरु रहेका छन् । साँझ देश विदेशका खानाको परिकारसँग रमाउँदै दर्शकले विभिन्न कलाकारबाट साँगितिक मनोरञ्जन लिन सक्ने कार्यक्रम संयोजक कपिल रेग्मीले जानकारी दिए ।

आज यहाँ मुख्यगरी तेक्वान्दो प्रतियोगिता र वेटर रेसको कार्यक्रम राखिएको छ । त्यसको अलावा आजै कलाकारहरु रमेश राज भट्टराई,शिवहरी ढुंगाना, जीवन दाहाल, चोलेन्द्र पौडेल, सम्झना भण्डारी, लगायतको प्रस्तुति हुँदै छ । स्थानिय कलाकारहरुले समेत नृत्य प्रस्तुत गर्ने कलाकार संयोजक नविन नेपालले बताए ।
दोहारी गीतमा समेत दर्शक झुम्न सक्ने छन् । माघ २८ देखि शुरु भएको महोत्सव फागुन ३ सम्म चल्ने आयोजक रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताए । हरेक भ्यालेन्टाईन डेको अबसरमा आयोजना हुने महोत्वस यसपटक १२औं संस्करण हो ।

0 comments:
Post a Comment