पछिल्लो पटक मधेश आन्दोलनका कारण स्थगीत गरिएको जनकपुर होली हंगामा यस वर्ष आउदो फागुन १७ गते हुने भएको छ ।
शनिवार नेपाल पत्रकार महासंघको सभाकक्षमा गरिएको पत्रकार सम्मेलनमा आयोजकले होली हंगामा कार्यक्रममा भोजपुरी सीने जगतका सुपर स्टार दिनेश लाल यादव निरहुआ,आम्रपाली दुवे,आइटम क्वीन सीमा सिंह सहितका कलाकारहरुले कार्यक्रम प्रस्तुत गर्ने जनाएको छ । मैथिली भोजपुरी सांस्कृतिक सांगीतिक कार्यक्रम नाम दिइएको उक्त कार्यक्रमलाई विशुद्ध सांस्कृतिक कार्यक्रम वनाइने आयोजक एसराज प्रोडक्सनका अध्यक्ष सन्तोष राजले वताएका छन ।
आउदो फागुन १७ गते हुने सो कार्यक्रम जनकपुरधामको तिरहुतीया गाछिमा दिउसो १ बजे देखि ७ बजे सम्म संचालन हुने जनाइएको छ । आयोजक समितिले कार्यक्रममा दर्शक प्रवेशको लागि पाच सय र एक हजारको टिकट तय गरिएको छ ।दर्शकले पाँचसय रुपैयाको टिकट लिएमा रेडकार्पेटमा स्थान पाउनेछन भने एक हजारको टिकट खरिद गरेमा कुर्सीको व्यवस्था गरिएको छ । आयोजकले कार्यक्रम हुनुभन्दा एक दिन पुर्व अर्थात फागुन १६ गते मात्र दुइ सय रुपैयामा टिकट वितरण गर्ने भएको छ । यता भाषा र अश्लिलताको सन्दर्भमा कुरा गर्दै आयोजकले जनकपुर वहुभाषिक राजधानी भएकोले भाषाप्रति कुनै प्रकारको पुर्वाग्रह नहुने जनाएको छ ।
सांस्कृतिक कार्यक्रममा सवै भाषाको गित संगीत समायोजन गरिनेछ भने कुनै प्रकारको भल्गर वा अश्लिल नृत्य अथवा गीत नचलाई विशुद्ध सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।कार्यक्रमममा एसराज प्रोडक्सनका म्यानेजर एवम चर्चित गायक संतोष राज, सेलिना कुँवर,विजय यादव निर्बिज डा.नबल पजियार, सहित कलाकारहरुका साथै स्थानीय हुक्का लोली टिभी टिम र रोचक घोचक टिभी टिमले पनि प्रस्तुती दिने आयोजकले जनाएको छ ।
Organizer:S.Raj Productions Pvt.Ltd
in association with.Rabs and Bhore
Event managed By Rabs international Pvt.Ltd







0 comments:
Post a Comment