काठमाडौं । ‘शकुन्तला’फेम निर्देशक दिनेश श्रेष्ठको नयाँ फिल्म ‘चि मुसी चि’को मुख्य कलाकारहरु फाइनल गरिएको छ । ‘नपाली ठिटो’ नामक डान्स समुह खोलेर युटुबमा चर्चा कमाईरहेका सुनिल क्षेत्री र अर्की चर्चित नृत्यांगना अलिशा शर्मा र्फानल गरिएको निर्देशक श्रेष्ठले आफ्नो फेसबुकमा जानकारी गराएका छन् ।
अब यसै फिल्मबाट अभिनेताको रुपमा सुनिल क्षेत्री पर्दामा आउँदैछन् । सिल्भर लेक पिक्चर्सको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा ‘चि मुसी चि’मा सुनिलको जोडीको रुपमा अलिशा शर्माले काम गर्दैछिन् ।
फिल्म म्यूजिकल थ्रिलर बिषयमा निर्माण हुनेछ । यो फिल्ममा सुशान्त कार्की, कमली वाइवा, शसान्क बस्याल, शिवराज कार्की, रश्मी भट्ट लगायतका कलाकारले पनि काम गर्दैछन् ।
फिल्ममा बासु न्यौपानेको छायांकन, अष्ट महर्जनको एक्सन, सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी रहनेछ ।
फिल्मलाई महेश्वर खत्री र सुवास भुर्तेलले मिलेर बनाउन लागेका हुन् । यो फिल्मको कार्यकारी निर्माताको रुपमा शिवराज कार्की छन् ।
- फेसबुक कमेन्टस
- गुगल प्लस
Subscribe to:
Post Comments
(
Atom
)







0 comments:
Post a Comment