यो मन त मेरो नेपाली हो


यी तीन मध्ये कसको फ्यान धेरै ? अनमोल ,पल कि प्रदीप खड्का ?

 नेपाली चलचित्र क्षेत्रमा विगत केहि वर्ष देखि पल शाह, अनमोल केसी र प्रदीप खड्का अभिनेताको क्रेज बढ्दो छ । उनीहरुलाई एकअर्काको प्रतिष्पर्धीको रुपमा लिइ्रन्छ।
पल, अनमोल र प्रदीप तीनै जनाको आफ्नै फ्यान फलोईङ छन् । उनीहरुको चलचित्र रिलिज हुँदा हलहरुमा थामि नसक्नु भिड जम्मा हुन्छ । तीनै जना चक्लेटी अनुहारका छन् । तीनै जनाको लेडिज फ्यान फलोईङ धेरै छ । उनीहरुका फिल्मले राम्रो ब्यापार गर्नुमा उनीहरुको क्रेज नै हो । तीनै जना अफ्नो स्टारडम बनाउँदै छन् । पछिल्लो युवापुस्तलाई नेपाली फिल्ममा आर्कषण गर्न पल, अनमोल र प्रदीपको महत्वपूर्ण भूमिका खेलीरहेका छन् ।

प्रदीप खड्काको पहिलो फिल्म "स्केप" फ्लप भयो । दोस्रो फिल्म "प्रेमगीत" हिट भयो । तेस्रो फिल्म "प्रेमगीत २" पनि सुपरहिट भयो । कुनै पनि फिल्मले हिटको पगरि गुत्थ्न बलियो कथा र उत्कृष्ठ निर्देशनको आवश्यकता त पर्छ नै । अनमोल केसीको डेब्यु फिल्म "होस्टेल" र त्यसपछिका "जेरी" "गाजलु" "ड्रिम्स " सबै सुपरहिट भए । आगामी फिल्म "कृ" पनि हिट हुने निश्चित छ ।

बलिउड तथथा हलिउडमा कलाकारहरुको लोकप्रियता उनीहरुको फ्यान फलोईङको आधारमा पनि मुल्यांकन गरिन्छ । त्यसरी नै पल, अनमोल र प्रदीपको फ्यान फलोईङको मापन हामीले गरेका छौँ । कस्को फ्यान कति भन्ने निश्चित गन्ती गर्ने वैज्ञानिक आधार त केही छैन् । तर सामाजिक संजाल र प्रविधिले त्यसलाई केही सहज बनाएको छ । कुनै पनि ब्यक्ति कति लोकप्रिय छ ? त्यो कुराको निर्धारण उस्को फलोअर्सले जनाउँछ ।

पल, अनमोल र प्रदीपको फेसबुक फलोअर्सको कुरा गर्ने हो भने पल को १,00७१६ फलोअर्स रहेका छन् । भने अनमोलको १,१२,९१४ हजार रहेका र्छन् । तेस्रो नंम्बरमा प्रदीप खड्का छन् । प्रदीपलाई फेसबुकमा ५६ हजारले फ्लो गर्छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add