यो मन त मेरो नेपाली हो


एफटिआइआईको तालीम लिन २० कलाकार भारत पुगे

२८ माघ,काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिन भारत पुगेका छन्  ।

यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटिआइआई)ले उपलब्ध गराउने तालीममा रासा सिद्धान्त, बोध सम्झाना, प्रस्तुति, दृश्यात्मक कार्य तथा ओठ तुल्यकालनजस्ता विषयमा जानकारी उपलब्ध हुनेछ ।

तालीम अवधिभर भारतीय कलाकारसँग कार्यशाला, नृत्य, योगा तथा बुम्बईस्थित चर्चित सुटिङस्थलको दृश्यावलोकन गराइने नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।

नेपाली कलाकारलाई भारत सरकारले उपलब्ध गराएको पहिलो अवसरले चलचित्र क्षेत्रमा नयाँ आयाम थप्ने नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले जानकारी दिए ।

भारतीय दूतावासमा आज आयोजित कलाकारसँगको अन्तक्र्रियापछि रासससँग कुराकानी गर्दै राजदूत पुरीले भने, “सांस्कृतिक एवं दुई देशबीचको सम्बन्ध जनस्तरमा आदानप्रदान गर्ने यो जस्तो महत्वपूर्ण अवसर अरु हुन सक्दैन ।”

नेपाल र भारतका युवापुस्तालाई फिल्ममार्फत सम्बन्धलाई प्रगाढ बनाउन पाउनु खुशी लागेको भन्दै उनले यस्तो कार्यक्रमलाई निरन्तरता दिन पहल गर्ने बताए । एफटिआइआईले भारतमा चर्चित उत्पादन गरेको उल्लेख गर्दै विभिन्न विधामा कार्यरत कलाकारको क्षमता प्रस्फुटन गर्ने नयाँ अवसर भएको बताए ।

तालीमका लागि आइतबार नै भारत पुगेका थिए . अभिनेता रोहित रुम्बाले  प्राविधिकरुपमा कलाकारितालाई थप निखार ल्याउन थप ज्ञान प्राप्त हुने आशा व्यक्त गर्नुभयो । उनि भन्छन यस बाट हामि कलाकारहरुले आफुलाई अझ निखार्न सक्ने छौ " । एफटिआइआईले निर्देशन, सिनेमेटोग्राफर, सम्पादन, ध्वनी रुपकार, नाटक लेखनलगायतका विभिन्न क्षेत्रमा तालीम उलब्ध गराउँदै आएको छ ।

त्यस्तै थियटर कलाकार शुलक्षण भारतीले क्यामारा अगाडि कसरी अभिनय गर्ने भन्ने विषयमा विशेष जानकारी पाइने भएकाले यसले आफूलाई कलाकारितामा विश्वस्त बनाउन सहयोग गर्ने विश्वास लिएको बताए ।

भारतको इन्फरमेसन एन्ड बोर्डकास्टिङअन्तर्गत सन् १९६० मा स्थापना भएको भारतको चलचित्र तालीम संस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चित छ । भारतको चर्चित संस्थामा तालीम लिन पाउनु सुखद अवसर भएको मैथीली र भोजपुरी भाषाका कलाकार डोली सरकारले बताए । तालीममा जान लागेका २० कलाकारमध्ये आठ महिला कलाकार र १२ पुरुष रहेका छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add