यो मन त मेरो नेपाली हो


नागार्जुन तामाङ घेदुङले मनायो दोस्रो नागार्जुन महोत्सव (फोटोफिचर)

काठमाडौं ।  नागार्जुन तामाङ घेदुङले नागार्जुन महोत्सवको आयोजना गरी तामाङहरुको नयाँ बर्ष २८५४ लाई स्वागत गरेका छन । नागार्जुन नगरपालिकाका मेयर मोहन वहादुर बस्नेतले तामाङ जातिहरुको भेष भुषा र सस्कृति नै नागार्जुन नगरपालिकाको पहिचान रहेको बताउनुभएको छ ।
नागार्जुन तामाङ घेदुङले शशस्त्र प्रहरी बल हलचोक हाताभित्र एकदिने नागार्जुन महोत्सवको आयोजना गरी तामाङहरुको नयाँ बर्षको स्वागत गरेका छन । तामाङ पात्रो अनुसार चरा वर्गवाट कुकुर बर्षमा प्रवेश हुने दिनलाई नयाँ बर्षको रुपमा लिने गर्दछन । ल्होछारको अवसरमा आयोजना भएको कार्यक्रममा बिभिन्न सास्कृतिक कार्यक्रमको समेत आयोजना गरेको थियो । घेदुङले आयोजना गरेको कार्यक्रमलाई दास्रो नागार्जुन महोत्सवको रुपमा मनाएको थियो ।
कार्यक्रममा पुगेका नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले तामाङ जातिको सस्कृति नेपालका आदिवासीहरुमा सवैभन्दा पुरानो र महत्वपुर्ण रहेको भन्दै आफूले सस्कृति जगेर्ना र प्रवर्दनमा जोड दिने बताउनुभयो । मेयर बस्नेतले रामकोट, इचंकुनारायण लगायतका स्थानमा तामाङहरुको बाक्लो वस्थीरहेको भन्दै नागार्जुन नगरपालिका भित्रका अलि दुर्गम मानिएका यस्ता स्थानहरुको बिकासका लागि आफूले नगरापलिकाको ठूलो बजेट पारेको बताउनुभयो ।

उहाले अन्य जातिको तुलनामा यो जाति साझो भएकाले पनि कतिपय जातको नामामा राजनीति गर्न खोज्नेहरुले तामाङहरुलाई नै अगाडी सार्ने गरेको बताउनुभयो । मेयर बस्नेतले नेपालको संबिधानमा पछाडी पारिएका जातिलाई बिशेष जोड दिदै आरक्षणको व्यवस्था गरेको भन्दै समाजमा भएका सवै जातिहरुको पहिचान र संस्कृतिको जगेर्ना गर्दै एक आपसमा मिलेर नै अगाडी बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नागार्जुन नगरपालिको उपमेयर सुशिला अधिकारीले मुलुक अहिले संघियतामा गइसकेको र स्थानीय तहमा समेत जनप्रतिनिधि आईसकेको भन्दै अव जनप्रतिनिधिले आफनो भौगोकि अवस्था, संस्कृति र परम्परा बचाउनका लागि लागिपर्ने बताउनुभयो ।

नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य सूर्यमान तामाङले तामाङ जातिहरु नेपालका अन्य जातिहरुभन्दा पुरानो जाति रहेको बताउनुभयो । नेपालभरका तामाङ घेदुङ संघहरुमा नागार्जुन तामाङ घेदुङ उत्कृष्ट रहेको भन्दै अन्य स्थानका घेदुङलाई समेत नागार्जुन तामाङ घेदुङले आफनो संस्कृति भेषभुषाहरुको जगेर्ना गर्नमा बिशेष भुमिका खेलेको बताउनुभयो ।

नागार्जुन तामाङ घेदुङका अध्यक्ष महोदय तामाङले नागार्जुन नगरपालिका भित्र अन्य जातिको भन्दा तामाङ जातिहरुको बाहुल्यता ध।रै छ । नगरपालिकाको प्रमुख वा उपप्रमुख कसलाई बनाउने या नबनाउने भन्नेमा आफनो जातिहरुको नै महत्वपूर्ण भुमिका रहने गरेको भएपनि अवसर भने तामाङ जातिहरुमा कम रहदै आएको बताउनुभयो ।

अध्यक्ष तामाङले भर्खरमात्र स्थानिय तहमा आफना प्रतिनिधिहरु पुगेको भन्दै अवका दिनमा आफूहरुले चुनेर ल्याएका प्रतिनिधिहरुवाट आफना जातिहरुमाथि न्याय हुने बिश्वास व्यक्त गर्नुृभयो ।







गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add