यो मन त मेरो नेपाली हो


थारु संस्कृतिमा लोभिन्छन् सौराहा आउने पर्यटक

नारायण ढुंगाना, सौराहा ३ फागुन : चितवनको सौराहामा आएका स्वदेशी तथा विदेशी पर्यटकहरु थारु संस्कृतिमा लोभिने गरेका छन् ।

थारुको मौलिक नृत्य, रहनसहन र गीत संगितमा पर्यटकको मोह हुने गरेको थारु अगुवा वासुदेव चौधरी बताउनुहुन्छ । सौराहा आएका अधिकांश पर्यटक बुधबार राती थारु संस्कृतिमा रमाएका भेटिए । दुई वटा थारु कल्चर हाउस भरिभराउ थिए ।

गाउँ घुमेर थारुको मौलिकता अध्ययन गर्ने पर्यटकहरु समेत सौराहामा आउँछन् । मुख्य गरी वन्यजन्तु पर्यटन फष्टाएको भएपनि सौराहा आएका पर्यटक थारु कल्चरमा पनि रमाएकै हुन्छ ।

त्यसैले अहिले सौराहामा २ वटा थारु कल्चर हाउस सञ्चालनमा रहेका छन् । दुबै कल्चर हाउसमा सौराहा आएका पर्यटकले राती ७ देखि ८ बजेससम्म थारुका मौलिक गीत संगितमा प्रस्तुत गर्छ ।
न्यू सौराहा थारु कलचरल हाउसका सञ्चालक भुपेन्द्र चौधरी पछिल्लो समयमा कल्चर हेर्ने पर्यटकहरु बढ्दै आएको बताउनुहुन्छ ।

सौराहाका होटलहरुले समेत प्याकेजमा थारु संस्कृतिलाई जोडेको छ । भुपेन्द्र भन्नुहुन्छ, ‘पर्यटकका लागि हात्ती सफारी जत्तिकै महत्वपूर्ण कार्यक्रम थारु कल्चर हो ।’ उहाँका अनुसार सौराहामा समुहगत रुपमा थारु युवा युवतीहरु मिलेर झमटा नाच, ठेकरा नाच, लौरो नाच, झुमरा डम्फु नाच प्रस्तुत हुन्छ ।

थारुहरुले आफ्नै मौलिक पोषाकमा सजिएर प्रस्तुत हुँदा आएका पर्यटक लालायित हुन्छन् । बुधबार साँझ थारु कल्चर हाउसको प्रस्तुति हेर्नुभएका रवि अधिकारीले थारुको मौलिकता आकर्षक लागेको बताउनुभयो । उहाँले यस्ता मौलिक पहिचानहरु जोगाउनुपर्नेमा जोड दिनुभयो ।

नेपालकै तेस्रो पर्यटकिय गन्तव्य हो चितवनको सौराहा । सौराहामा अहिले ११० वटा सुविधायुक्त होटलहरु छन् । ६० भन्दा बढी रेष्टुरेन्ट छ ।

यहाँ दैनिक झण्डै ३ हजार पर्यटक बस्न मिल्ने क्षमता छ । पर्यटक धेरै भएका बेला होटलले आफैं थारु नाच प्रस्तुत गरेर पर्यटकलाई मनोरञ्जन दिन्छन् भने । थोरै पर्यटक हुँदा कल्चर हाउसमा पर्यटकहरुलाई लगिने र थारुको नाच देखाउने गरिएको छ ।

होटल सेभेन स्टारका सञ्चालक माधव दवाडी सौराहाका पर्यटन गतिविधिहरुमा ५० प्रतित थारुसँग केन्द्रित हुने गरेको बताउनुहुन्छ ।

सौरमामा मुख्यगरी पर्यटकहरु हात्ती सफारी, जिप सफारी, डुंगा सफारी, जंगल वाक गर्ने, दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा, बाघ, हात्ती, चित्तल, गौरीगाई, भालुहरु हेर्ने तथा प्रकृतिमा रमाउने गर्छन् । त्यससँगै थारुको मौलिक संस्कृतिमा समेत पर्यटक आकर्षित हुन्छ ।

तर पहिले जस्तो थारु संस्कृति नभएकाले अलि समस्या रहेको छ । संस्कृति हराउँदै गएकोमा थारु अगुवा बासुदेव चौधरी चिन्ता व्यक्त गर्नुहुन्छ । त्यसैले अहिले सौराहामा थारु संस्कृति संग्रहालय नै स्थापना गरेर मौलिक सामग्रीहरु संरक्षण गरेर राखिएको छ ।

यहाँ पनि पर्यटकहरु आउने र अवलोकन गनृै गरेका छन् । क्षेत्रिय होटल संघ चितवन सौराहाका महासचिव राममणि खनाल सौराहा थारुसँगै जोडिएकाले पनि थारु संसकृति पर्यटनको महत्वपूर्ण पाटो रहेको बताउनुहुन्छ । त्यसैले थारु संसकृति जोगाउनुपर्नेमा व्यवसायीहरुको जोड छ ।

पछिल्लो समयमा जंगलमा खर खडाई पाईदैन, चितवन निकुञ्जबाट ल्याईने उक्त सामग्रीको अभावमा कंक्रिटका भवनहरु बन्ने क्रम बढ्दो छ । त्यसैले पनि मौलिक घरहरु परिवर्तन हुन थालेका छन् ।

विगतमा सौराहामा पर्यटक राम्रै थिए । नाकाबन्दी पछि पर्यटकहरु ह्वात्तै घटे । अहिले फेरी पर्यटकको फ्लो बढ्दो छ ।

तर नारायणगढ मुीगलक सडक बनिनसकेकाले पर्यटकहरु आउन मान्दैनन् । पोखरानै जाने गरेका छन् । त्यसैले अहिले व्यवसायीहरु म्ुग्लिन सडक चाँडा ेबनाउनुपर्ने बताउँदै आएका छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add