नायक शिव श्रेष्ठ र नायिका कृष्टि मैनाली अभिनित चलचित्र "चिनो" नेपाली चलचित्र क्षेत्रको अत्याधिक सफल चलचित्र सुचिमा पर्दछ । यहि चलचित्रबाट बरिष्ठ कलाकार सुनिल थापा राते काईँलाका नामले आज सम्म चर्चामा छन् भने सो चलचित्रमा नायक शिव श्रेष्ठको नृत्य र अभिनयकलाको प्रशंंसा संंधै उच्च सम्मानका साथ लिईन्छ । तिनै नायक नायक शिव श्रेष्ठले आफ्नो नयाँ चलचित्र चिनो कै हाराहारीमा निर्माण हुन लागेको घोषणा गरेका छन् । चलचित्रको नाम नखुलाएको भएपनि शिव श्रेष्ठको बन्न लागेको नयाँ चलचित्रमा अडिसन मार्फत केहि कलाकार र निर्देशक छनौट भएका छन् ।

आउँदो माघबाट स्वदेश तथा विदेश दुवैतिर छायाङ्कन सुरु गरिने बताईएको यो चलचित्रमा नयाँ पुस्ताका कलाकारहरु वर्षा राउत, सन्जोग कोइराला र विष्णु चेम्जोङ्गको नाम सार्वजनिक भएको छ भने अन्य कलाकारमा केहि नयाँ र पुराना कलाकारहरुको नाम केहि दिनपछि सार्वजनिक गरिने जानकारी छ । फिसटेल मुभिजको व्यानरमा बन्ने यो चलचित्रमा अडिसनबाट निर्देशकका रुपमा दिपेश सापकोटा अनुबन्धित भएका छन् भने द्वन्द्व निर्देशकमा राजेन्द्र खड्गी, संगीतकार द्वयमा वसन्त सापकोटा र सन्तोष रजौरे रहने छन्। कथा र प्रस्तुति नायक शिव श्रेष्ठकै रहने चलचित्रमा नेपालको समसामयिक विषय समेटिएको बताइएको छ ।
0 comments:
Post a Comment