यो मन त मेरो नेपाली हो

मिसेज ब्युटी क्वीन बनिन् सुदीक्षा आचार्य (भट्टराई)

काठमाडौँ।महिलाहरुको क्षमता वृद्धिका लागि आयोजित ‘लेट मि इन मिसेज ब्युटी क्वीन नेपाल’ प्रतियोगितामा काठमाडौँ बूढानीलकण्ठकी सुदीक्षा आचार्य (भट्टराई) पहिलो हुनुभएको छ ।

सिजन मिडियाले आज यहाँ आयोजना गरेको लेट मि इन मिसेज ब्युटी क्वीन नेपालमा सुदीक्षाले पहिलो स्थान हात पारेसँगै उहाँले टिभिएस स्कुटर, रु एक लाख ५० हजार बराबरको उपहार, लाभा मोबाइल सेट र चार दिनको लागि मलेसिया भ्रमणको अवसर पाउनुहुनेछ ।

त्यसैगरी, दोस्रो हुनुभएका जनकपुरकी दिपीका राईले रु एक लाख बराबरको उपहार, चार दिनको मलेसिया भ्रमण तथा लाभा मोबाइल प्राप्त गर्नुभएको छ भने तेस्रो हुने विष्णु माया पौडेलले पनि चार दिनको मलेसिया भ्रमण, रु २० हजारको उपहार र लाभाको मोबाइल प्राप्त गर्नुभएको छ ।

दश वर्षदेखि निरन्तर रुपमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको यस संस्थाले यसपटक २१ वर्षदेखि ४५ वर्ष उमेर समूहका विवाहित महिलाको सौन्दर्य प्रतियोगिताको कार्यक्रम आयोजना गरेको थियो । प्रतियोगितामा देशभरीबाट २६ प्रतियोगी सहभागी भएका थिए ।

सो अवसरमा आयोजक संस्थाका प्रमुख प्रदीपराज वन्तले महिलाहरुको क्षमता विकासको लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस कार्यक्रमको छनोट समितिमा राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता सुर्यचन्द्र बस्नेत, सौन्दर्यकर्मी कल्पना श्रेष्ठ तथा नेपाल प्रहरी विद्यालयका प्रधानाध्यापक नवीनमान श्रेष्ठलगायत रहनुभएको थियो । रासस
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add