शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म
‘शेरबहादुर’को बुधबार राजधानीमा रेड कार्पेट प्रिमियर
गरिएको छ । कुमारी हलमा सम्पन्न सन्ध्याकालिन प्रिमियर
शो मा दर्जन बढि फिल्मकर्मी, मिडियाकर्मी तथा भिन्न
भिन्न क्षेत्रसँग सम्बन्धित बिसिष्ट व्याक्तित्वहरुले फिल्म
हेरे। फिल्मकर्मी तथा मिडियाकर्मीहरुले सकारात्मक प्रतिक्रिया
दिएका छन् ।
केहि कमी कमजोरीबाट बाहिर निस्किँदा फिल्मले
उठाएको विषयवस्तु र यसको प्रस्तुती दर्शकको चाहना अनुसारको
भएको तर्क फिल्ममाथी गरिएको छ । सुनिल थापा, मेनुका प्रधान, कर्मा शाक्य, रविन्द्र झा, जान्वी
बोहरा लगायतका कलाकारले निभाएको भुमिकालाई धेरै
दर्शकले तारिफ गरेका छन् ।
भोली शुक्रवार बाट फिल्म देशभर
रिलिज हुदैछ । फिल्मलाई राजधानीमा गोपालकाजी कायस्थ
र राजधानी बाहिर एफडि कम्पनीले वितरण गदैछन् ।
गौरिशंकर धुँजु र धिरज राजवंशी
निर्माता रहेको फिल्मलाई दिर्घ गु?ङ र निर्णय जिसीले
खिचेका हुन् । प्रमोद क्षेत्रीले लेखेको कथामा तयार
फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका छन् ।








0 comments:
Post a Comment