यो मन त मेरो नेपाली हो


अमेरिकामा सांगीतिक कार्यक्रम हुँदै / गायक विष्टको सहयोगार्थ

वरिष्ठ पप गायक ओमविक्रम विष्टको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले शनिबार संयुक्त राज्य अमेरिकाको भर्जिनियामा सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

‘पप किङ’ विष्ट केही समयदेखि मिर्गौलासम्बन्धी रोगबाट अस्वस्थ हुनुहुन्छ । दुवै मिर्गौला प्रत्यारोपणका लागि विष्टलाई केही रकम सहयोग गर्ने अभिप्रायले इन्टरनेसनल नेप्लिज आर्टिस्ट सोसाइटी (इनास) को आयोजनामा उक्त कार्यक्रम हुन लागेको वासिङ्गटन डिसीबाट दीपक शर्माले जानकारी दिनुभयो ।


‘सहयोगमा एकजुट’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा कार्यक्रममा गायक विष्ट स्वयं उपस्थित हुने र संकलित रकम कार्यक्रममै उहाँलाई हस्तान्तरण गरिने बताइएको छ । कार्यक्रममा कलाकार सरोज खनाल, रीमा विश्वकर्मा, निशा अधिकारी, शिवहरि पौडेल, किरणप्रताप केसीलगायतले आआफ्नो कला प्रस्तुत गर्नुहुनेछ ।

विसं २०२० को दशकबाट सांगीतिक यात्रा आरम्भ गर्नुभएका विष्टले पप, आधुनिक, राष्ट्रिय, लोकगीत र भजन गरी २०० भन्दा धेरै गीतमा स्वर दिनुभएको छ । विष्टलाई आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले यसअघि पनि अमेरिकाका विभिन्न शहरमा सांगीतिक कार्यक्रम आयोजना गरिएका थिए ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add