यो मन त मेरो नेपाली हो


अझैंपनि अविवाहित छन् यी अभिनेत्री

एजेन्सी । अभिनेत्री नेहा धुपिया अहिले ३७ वर्षकी भएकी छिन् । ‘कयामत’बाट बलिउडमा डेब्यु गरेकी धुपियाको नाम विभिन्न व्यक्तिहरूसँग जोडिएर आए । तर उनी अझैंपनि अविवाहित छिन् ।

पछिल्लो समय ‘हिन्दी मिडियम’, ‘तुम्हारी सुलु’जस्ता फिल्ममा अभिनय गरे पनि हिरोइनका रूपमा उनको करिअर माथि आउन सकेको छैन ।



नेहाको पहिलो प्रेम राष्ट्रियस्तरका स्कबेस खेलाडी ऋतिक भट्टाचार्यसँग थियो । नेहाको ऋतिकसँग लामै समय प्रेम चल्यो । नेहा र ऋतिकको सन् २००० मा भेट भएको थियो ।

भेटेको केही समयपछि उनीहरूबीच प्रेम भयो । उनीहरू झन्डै १० वर्ष रिलेसनमा रहे । उनीहरूले बिहे गर्ने खबर पनि फैलिएको थियो । तर, उनीहरूको एकाएक ब्रेकअप भयो ।



नेहाले ऋतिकसँग आफू नै छुट्टिएको बताएकी थिइन् । ऋतिक रियालिटी सो फेयर फ्याक्टर–खतरोँके खेलाडीका रनरअपसमेत थिए । नेहासँग छुट्टिएपछि उनले पिया त्रिवेदीसँग बिहे गरे ।

नेहाको नाम क्रिकेटर युवराज सिंहसँग पनि जोडियो । नेहा र युवराज सन् २०१४ मा प्रेममा परेका थिए । अभिनेत्री, गायिका सोफी चौधरीको बर्थ डे पार्टीमा गएका वेला नेहाको भेट युवराजसँग भएको थियो । त्यसपछि उनीहरू धेरै ठाउँमा सँगै देखिए ।

उनीहरूबीच केही समय अफेयर चल्यो । नेहाले आफू र युवराज प्रेममा नभएको दाबी गरिन् । त्यसको केही समयपछि युवराजले हेजल किचसँग इंगेज्मेन्ट गरे ।

क्रिकेटर युवराजपछि नेहाको नाम अमेरिका निवासी दन्त चिकित्सक जेम्स सिल्बेस्टरसँग जोडियो । नेहाले जेम्सलाई आफ्नो प्रेमको यस्तो मोहमा पारेकी थिइन् कि, नेहाकै कारण जेम्स मुम्बई सरेका थिए ।

तर, केही समयपछि जेम्ससँग पनि नेहाको प्रेम टुट्यो । यीबाहेक पनि नेहाका अन्य केही पुरुषसँग पनि नाम जोडिने गरेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add