यो मन त मेरो नेपाली हो


यो वर्षको नेफ्टा अवार्ड फागुन १० मा / तर कुन देशमा हुँदैछ !

काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्ने नेफ्टा अवार्डको दशौं संस्करण आगामी फागुन ३० गते हुने भएको छ ।

अध्यक्ष पुष्कर लामाले केही दनि अघि मिति घोषणा गरे । यसपटकको अवार्ड पनि विदेशमै हुने भएको छ । उत्कृष्ट पाँच घोषणासँगै अवार्ड आयोजना हुने मुलुकको नाम समेत सार्वजनिक गरिने लामाले बताए ।

आउँदो सातादेखि पाँच सदस्यीय जुरीले फिल्म मूल्यांकनको काम सुरु गर्ने छन् । दुई सातापछि सांस्कृतिक प्रस्तुति दिने कलाकारले रिहर्सल थाल्नेछन् । अवार्डको एघारौं संस्करण आगामी दशैं अगाडि नै आयोजना हुने जनाइएको छ ।

‘हामी दुबै अवार्डमा जुटिसकेका छौं’ उनले भने, ‘दशौं अवार्डको लोकेसन र विस्तृत पक्ष उत्कृष्ट पाँच घोषणा बेला सार्वजनिक गर्नेछौं ।’

चलचित्र प्राविधिकको छाता संस्थाले यसअघि नेपालसहित मलेसिया, हङकङ, कतार र दुबईमा अवार्ड सम्पन्न गरेको छ । नेफ्टाले विदेशमा अवार्ड आयोजना हुनुलाई अन्तराष्ट्रियकरणको यात्राको रुपमा बताएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add