यो मन त मेरो नेपाली हो


क्या रमाईलो जान्नै पर्ने कुरा ,दुध कतिवेला कति पिउने ?

एजेन्सी : बच्चा देखि बृद्ध उमेरका व्यक्तिले खान सक्ने पदार्थ हो दुध । शरीरका लागि आवश्यक क्याल्सियम तथा प्रोटिन दुधबाटै प्राप्त हुन्छ । तर यसको मात्रा र प्रयोग गर्ने बेलाबारे जानकारी नहुँदा यसले कहिलेकाँही खराब असर समेत पार्ने गरेको छ ।

कतिवेला कति खाने दुध ?

– यदि तपाँई विहानको समयमा अधिक प्रोटिन लिन चाहनुहुन्छ भने दुध पिउनुहोस । क्याल्सियम तथा प्रोटिन बाहेक दुधमा पोटासियम, म्याग्निसियम फास्फोरस र भिटामिन समेत समेत पाइन्छ ।

– यदि विहान सबेरै तपाईले कडा परीश्रम गर्नुपर्ने अवस्था आयो भने शरीरमा क्याल्सियम र प्रोटिनको आवश्यकता पर्छ यस्तो अवस्थामा तपाईँले दुध पिउन सक्नुहुन्छ ।

– यदि तपाईँ दिनभर भोक नियन्त्रण गर्न चाहनुहुन्छ भने विहान दुध पिउनु फाइदाजनक हुन्छ । तर यदि दुध पिएपछि पेट फुल्न थाल्छ भने चाहि पिउनु हुँदैन ।

– यदि तपाईको निन्द्राको समस्या छ र तपाईँलाई रातमा निन्द्रा पुग्दैनभने हल्का तातो दुध पिउन लाभदायी हुन्छ । यसले तपाईँलाई आराम हुन्छ र निन्द्रा पनि लाग्छ ।

– यदि तपाई दिनभर काम गरेर थाक्नु भयो र आरा मगर्न चाहनुहुन्छ भने रातमा दुध पिउनुहोस । दुधमा भएको एमिनो एसिडले मस्तिस्कबाट सेरोटोनिन रिलिज गर्छ । यसले तपाई सजिलैसंग आनन्द महसुस गर्न सक्नुहुन्छ ।

– तपाई जतिवेला दुध पिउनुहुन्छ त्यतिवेला ध्यान दिनुहोस दुध हल्का तातो हुनुपर्छ । हल्का तातो दुध पिउँदा डायजेशन राम्रो हुन्छ । यो पनि ध्यान दिनुहोस कि बढी दुध पिउँनाले मात्रै स्वस्थ भईन्छ भन्ने छैन । हरेक दिन १५० देखि २०० एमएल दुध पिउन प्रयाप्त हुन्छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add