यो मन त मेरो नेपाली हो


क्या रमाईलो ‘ब्लाइण्ड रक्स’को पहिलो गीत, ‘उड्यो मन’ (भिडियोसहित)

काठमाडौं । मिलन चाम्सको फिल्म ‘ब्लाइण्ड रक्स’को पहिलो गीतको भिडियो सार्वजनिक भएको छ । रिलिजको मिति नजिकिँदै गर्दा निर्माण टिमले फिल्ममा समावेश ‘उड्यो मन’ बोलको गीत रिलिज भएको हो । यो फिल्म फागुन १८ बाट दर्शकमाझ रिलिजमा आउँदैछ ।
भिडियोमा लिड अभिनेत्री वेनिशा हमालको फिचरिङ छ । सार्वजनिक यो गीतमा बानिका प्रधानले स्वर दिएकी छन् । गीतमा कत्थक नृत्य र शाष्त्रिय संगीतको स्वाद मिश्रित छ । ब्लाइण्ड गर्ल श्रृष्टि केसीको यथार्थ जीवनकथामा बनेको बायोपिक फिल्मको यो गीतमा हरि लम्सालले संगीत भरेका छन् । नरेश भट्टराईका शब्द समावेश गीत रिलिज पश्चात फिल्मका निर्देशक मिलन चाम्सले यो गीतबाट धेरैपछि दर्शकले शाष्त्रिय संगीतको स्वाद लिन पाउने बताएका छन् । दुर्घटनामा दृष्टि गुमाएकी सृष्टि बायोपिक फिल्ममा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको समेत मुख्य भूमिका छ । अभिनेत्री वेनिशाले सृष्टिको भूमिकामा अभिनय गरेकी छन् । लन्डन प्रदर्शनपछि निकेश लिम्बु निर्मित फिल्म फागुन १८ मा नेपाल रिलिज हुन लागेको हो । नेपाल रिलिजको पुर्व सन्ध्यामा फिल्मको हङकङ प्रदर्शन हुनेछ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add