यो मन त मेरो नेपाली हो


चर्चित हाँस्यकलाकार निरु खड्काको फुट्यो कानको जाली , कुटे श्रीमानले

चर्चित हाँस्य कलाकार निरु खड्कालाई श्रीमानले कुटपिट गरेको खुलासा भएको छ ।
कलाकारिता छोडेर घरमै बस्न दिएको दबावलाई निरुले अस्वीकार गरेपछि उनीमाथि कुटपिट भएको हो । उनका श्रीमानले पटकपटक अभिनय छोडेर घरमै बस्न दवाब दिदै आएका थिए । तर श्रीमानको दवावलाई निरुले अस्वीकार गर्दै आएकी थिइन् ।
उनीहरु बिचको विवाद उत्कर्षमा पुग्दा श्रीमानले निर्घात कुटपिट गरेका छन् । श्रीमानको कुटाइबाट निरूकाे कानको जाली फुटेको बुझिएको छ । आफु माथि कुटपिट भएपछि सामाजिक संजाल फेसबुकमा सांकेतिक स्टाटस समेत लेखेकी छन् , `जब सहन सक्ने साहस सकिन्छ तब मानिसले बिद्रोह गर्छ स्वाभिमानका लागि !,´उनले लेखेकी छन् ।

उनले अभिनय क्षेत्र छोड्न परिवारले दवाब दिएको भन्दै अब कसरी अगाडी बढ्ने भने बिषयमा सुझाब समेत मागेकी छन्, `मलाई परिवारले काम छोडेर बस भन्छ तर म अभिनय छोड्न सक्दिनँ,´ उनले भनेकी छन्, ` अब म के गरु डिबोस गरेको राम्रो कि काम छोडेको राम्रो सुझाब दिनुहोस् ।´ निरुले चर्चित हास्य टेलीसिरियल मेरीबास्सै लगायत एक दर्जन भन्दा बढी फिल्ममा समेत काम गरेकी छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add