एजेन्सी । भनाई छ कि सुरा र सुन्दरीहरुको अगाडी ऋषी मुनीहरुको पनी केही लाग्दैन ।तर यहाँ कुरा गर्न लागिएको सुन्दरीहरु विश्वका विभिन्न आपराधीक क्रियाकलापमा संलग्न खुंखार खतरनाक हुन् ।बाहिर जति शुन्दर छन् भित्र त्यती नै डरलाग्दा देखीन्छन् जव यीनीहरुको अपराधको पर्दाफास हुन्छ ।
१ एमाण्डा नोक्स

एमाण्डा नोक्स आफ्नै रुममेटको क्रूर हत्या गर्ने अपराधी हुन् हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ ग(यो । जुन समय उनी इटालीमा पढाइ गर्थिन् । त्यहाँ उनले आफुसँगै कोठा शेयर गर्ने एक युवकको हत्या गरीन् । हत्याको कारण पक्राउ परेकी एमाण्डालाई प्रहरीले केही समयपछी छाडेपनी पूनः अदालतको फैसलाले उनलाई २८ वर्षको कैद जाय सुनायो ।
२ स्टेफनी बुडोइन

२१ वर्षीया नर्सिङ पढ्ने विद्यार्थी स्टेफनी घर फोडी चोरी गर्नमा माहीर मानीन्छीन् ।यो मात्र नभई उनी नेकेड सेल्फीका कारण पनि चर्चा मा रहीन् । स्टेफनीलाई ४० घरमा चोरीको आरोप लागेको छ । त्यहाँको स्थानीय पत्रकारले उनको सामाजिक सञ्जालमार्फत उनका व्यक्तिगत तस्विरहरु पनि समाचारसँगै प्रकाशन गरेपछि ती फोटोहरु निकै चर्चित बने । उनको बारेमा हरेक ठाउँमा चर्चा परिचर्चा हुने थाले । एक बेलायती ट्याब्लोइड पत्रिकाले उनलाई संसारको सबैभन्दा सेक्सी क्रिमिनल भनेर नै समाचार छापेको थियो ।
३ एस्टीबालिज क्यारान्जा

अष्ट्रियाकी ३६ वर्षीया एस्टीबालिज क्यारान्जा एक आइसक्रिम सप चलाउथिन् । सुन्दर अनुहार भएकी एस्टीबालिज एक दिन आफ्ना श्रीमान् र प्रेमीलाई गोली हानी हत्या गरेको आरोपमा पक्राउ परिन् । दुई वर्षको अवधिमा यी अष्ट्रियन सुन्दरीले पति र प्रेमीको हत्या गरेकी थिइन् । आइसक्रिम मेसिनको आवाजलाई ठूलो बनाएर उनले गोलीको आवाजलाई दबाउने कोशिस गरिन् र शवलाई टुक्रा टुक्रा पारिन् । त्यति मात्रै कहाँ हो र, उनले मृतक शरीरको बाँकी हिस्सालाई आइसक्रिम बनाउने भाँडोमा राखिर डिपफ्रिजमा जमाइन् । र घरकै स्टोरमा गाडिन् ।
४ एलेक्सिस नियर्स

प्रख्यात ‘ब्लिङ रिङ’ ग्रुपकी सदस्य रहेकी एलेक्सिस नेइर्स सेलिब्रिटीका घरमा चोरी गर्ने कार्यको लागि उनले हलिउडमा नाम बनाएकी थिइन् । सायद यो सर्वसाधारणको सेलिब्रिटीहरुलाई सामान्य मानिसको रुपमा हेर्न नसक्ने दोष पनि हुन सक्छ तर उनलाई उनको यो अपराधको लागि सबैले क्षमा दिए । हलिउडले पनि उनलाई माफ ग(यो । तर हाल एलेक्सिसले लागुऔषधको प्रयोग तथा अन्य आपराधिक गतिविधिहरु त्यागेर एक प्यारी आमा बनेकी छिन् ।
५ हेली वे राल्फ बरेरा

अमेरिकन स्टेट्समेन वेष्टलेक हाइ स्कुलमा आफ्ना केहि विद्यार्थीहरुसँग अवैध सम्बन्ध राखेको आरोपमा गणितकी शिक्षिका हेली २०१५ डिसेम्बर १७ मा पक्राउ पनि परिन् । दुई पीडित विद्यार्थीले यो कुरा सही भएको बताए र यो कार्य महिना दिनदेखि चल्दै आएको खुलाए त्यसपछि हेली पक्राउ परिन ।
0 comments:
Post a Comment