यो मन त मेरो नेपाली हो

सिनेमा ‘कान्छी’को ‘यो जीउ दाउमा लाउने’ सार्वजनिक / भिडियोमा श्वेताको संगै दया र प्रमुख कलाकार

काठमाडौं । फिल्म ‘कान्छी’को शीर्ष गीत सार्वजनिक भएको छ । फिल्म युनिटले बिहीबार शीर्ष गीत ‘यो जीउ दाउमा लाउने’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
बसन्त श्रेष्ठको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा दयाहाङ र श्वेता खड्का फिचरिङ भएका छन् । दयाराम पाण्डेको शब्द र अर्जुन पोखरेलको संगीतमा सजिएको गीतमा धर्मेन्द्र सेवानले स्वर दिएका छन् ।
फिल्मको युनिट ‘चरी चट्ट परी’ बोलको पहिल्यै रिलिज गरेका थिए भने त्यस गीतले पनि धेरै दर्शकहरुलाई लाभ्याईसकेको छ । गीतको भिडियोलाई लोकेसन, कोरियोग्राफी र छायांकनले उत्कृष्ट बनाउन निकै मिहिनेत गरिएको नायिका तथा निर्मात्री श्वेताले बताएकी छन् ।
br /> फागुन ४ बाट रिलिजको तयारीमा रहेको ‘कान्छी’को छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । फिल्ममा दया र श्वेताका साथै अनु शाह, कामेश्वर चौरासिया, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियन्ता भूमिका श्रेष्ठको पनि अभिनय रहेको छ।

फिल्मको छायांकन मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम, काठमाडौं लगायतका ठाउँमा गरिएको छ । फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add