यो मन त मेरो नेपाली हो

२०१८ को पहिलो दिन कहाँ जन्मिए पहिलो शिशु ? आधा संख्या ९ मुलुकबाट

सन् २०१८ को पहिलो दिन विश्वभर जन्म लिने करिब ३ लाख ६ हजार शिशुमध्ये आधा संख्या विभिन्न नौ देशको रहेको यूनिसेफले जनाएको छ ।


संयुक्त राष्ट्रसंघको बालबालिकाको अधिकारका लागि कार्यरत संगठन (यूनिसेफ) ले सोमबार दिएको तथ्यांकअनुसार विश्वभर अंग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ मा जन्मिने ३ लाख ६ हजार शिशुमध्ये बंगलादेशमा मात्र ८ हजार ३७० (२.१७ प्रतिशत) शिशु जन्मिने अनुमान रहेको यूनिसेफद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी, नववर्षको पहिलो दिन भारतमा ६९ हजार ७०, चीनमा ४४ हजार ७६०, नाइजेरियामा २० हजार २१० पाकिस्तानमा १४ हजार ९१०, इन्डिोनेसियामा १३ हजार ३७०, संयुक्त राज्य अमेरिकामा ११ हजार २८०, कंगोमा ९ हजार ४००, इथियोपियामा ९ हजार २० र बंगलादेशमा ८ हजार ३७० शिशु जन्मिएको अनुमान यूनिसेफको तथ्यांकमा छ ।

यूनिसेफले जन्मेकामध्ये प्राय सबै शिशु स्वस्थ भएपनि कतिपय भने जन्मपश्चात नै मृत्यु हुने राष्ट्रसंघको बालबालिकाको अधिकारका लागि काम गर्ने निकायले जनाएको छ । सन् २०१८ को पहिलो शिशु किरिबाटीको क्रिश्मस टापूमा जन्मिने छ भने अन्तिम शिशु अमेरिकामा जन्मिने छ, यूनिसेफको विज्ञप्तिमा छ । (रासस/सिन्ह्वा)
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    Blogger Comment
    Facebook Comment

1 comments:

  1. http://ioe.promod.com.np/2018/02/old-questions-collection-BEX-IOE-exams.html

    ReplyDelete

add