यो मन त मेरो नेपाली हो

धेरै पछी नायिका रेखा थापा आइटम डान्समा , बबाल पिंकु मिस

काठमाडौं । सस्पेन्स राखीएको ‘राज्जा रानी’ मा नायिका रेखा थापाको भुमिका आज सार्बजनीक गरीएको छ ।
फिल्ममा गेस्ट रोल पिंकु थापाको भूमिकामा देखीएकी रेखाले एउटा आइटम गीतमा नृत्य गरेकी छिन्।
पिंकु मिस बोलको आइटम गीतमा रेखाले आकर्षक नृत्य गरेकी छिन्। यसअघि चिपक चिपक बोलको गीत सार्वजनिक गरेपछि फिल्म युनिटले उक्त आइटम गीतको बारेमा कसैलाई जानकारी दिएको थिएन। शुक्रबार फिल्म रिलिज भएपछि मात्र फिल्म युनिटले उक्त गीट्टको भिडियो युट्युबमार्फत सार्वजनिक गरेको हो।

दाइजो प्रथाको विषयवस्तुलाई मुख्य कथा बनाइएको फिल्म ‘राज्जा रानी’मा केकी अधिकारी र नाजिर हुसेनको मुख्य भूमिका छ।चलचित्र रिलिज भएकै दिन निर्माणपक्षले रेखाको विशेष भूमिकाको खुलासा समेत गरेको हो । यम थापा यसका निर्देशक हुन् भने रमेश एम के पौडेल यसका निर्माता हुन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add