यो मन त मेरो नेपाली हो

माग्ने बुढाले भने “१० लाख पारिश्रृमिकबाट १५% राज्यलाई कर तिर्छु”

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा कलाकारहरुले लिने पारिश्रृमिकलाई लिएर धेरैले अविश्वास गर्ने गर्छ्न । फलानोले यति लाख लिए डिस्कानाले यति लाख लिए भनेर मिडियामा निकै चर्चा हुने गर्छ । तर स्वंयम कलाकारहरुले खुलेर हो मैले यति लाख पारिश्रृमिक लिए भनीहालेको अवस्था छैन । magne चाहे त्यो प्रदिप खड्काको सवालमा होस या बिपिन कार्कीको सवालमा हो । त्यसैले पनि कलाकारहरुले महङगो पारिश्रृमिक लिएको हो होईन भन्ने बिषयमा झट्टै विश्वास गरिहाल्ने अवस्था छैन ।
 हालै हाँस्य कलाकार केदार घिमिरे माग्ने बुढाले नायिका पुजा शर्माको चलचित्रमा १० लाख पारिश्रृमिक लिएको खबर हल्लीखल्ली मच्चियो । यतिबेला नायकहरुले समेत मुस्किलले यति पारिश्रृमिक नपाउने अवस्थामा माग्ने बुढाले १० लाख पारिश्रृमिक लिएको भन्दा धेरैले विश्वास गरेनन् ।

धेरैले यही भने माग्ने बुढाले पनि १० लाख पाए होलान् ??? धेरैको अविश्वास र चर्चापछि केदारले आफनै फेसबुकमाफर्त यसको वास्तविकता खोलेका छन् । उनले आफुले पुजाको चलचित्रमा अनुबन्धित भएपछि १० लाख पारिश्रृमिक लिएकोबारेमा प्रस्ट पारेका छन् । उनले लेखेका छन् ः मैले पाउने दश लाख मध्यबाट 1,50,000/- राज्यलाई कर तिर्छु (15%)। र 1,00,000। समाजसेवामा लगाउॅछु (10%)। बाॅकी रहेको रकम बोर्डीङ स्कुलमा , कलेजमा, हस्पिटलमा, किराना पसलमा, म:म: पसलमा,तरकारी पसलमा,कपडा पसलमा, इन्टरनेटमा,पेट्रोलपम्प आदिमा लगानी गर्ने बिचार गर्दैछु। “ उता जितु नेपालले पनि माग्ने बुढालाई बधाई दिएका छन् । उनी भन्छन् ः “५२ पत्ति तासमा,जोक्कर एउटै हुन्छ र बिषेश हुन्छ । यसो भनेर उनले नायिका रेखा थापाले हाँस्य कलाकारहरुलाई जोकर भनि दिएको टिप्पणीलाई दरो तर छड्के जवाफ दिएका हुन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add