यो मन त मेरो नेपाली हो

‘जाइरा’ मा देखिने भयो अनुप र नम्रताको जोडी / बन्ने भयो बक्सिङको कथामा ‘जाइरा’

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ नयाँ प्रोजेक्टमा आबद्ध भएकी छ् । ‘स्पोर्ट्स ड्रामा ‘जान्र्’ मा अनुपबिक्रम शाही र नम्रताले स्कृन सेयर गर्ने पक्का भएको छ । केहि दिनपछि नै औपचारिक घोषणाको तयारी भईरहेको फिल्मलाई अशुतोष श्रेष्ठले निर्देशन गर्नेछन् । नम्रता र अनुपबिक्रम फिल्ममा मुख्य अभिनयमा हुनेछन् । नम्रता र अनुपले स्कृन सेयर गर्न लागेको यो पहिलो पटक हो ।
 सामाजिक सञ्जाल तथा मिडियाबाट केहि टाढा रहेकी नम्रता यतिबेला उक्त प्रोजेक्टको तयारीमा व्यस्त छिन् । स्कृप्टसँगसँगै फिल्मको पात्रमा भिज्नको लागी नम्रताले निरन्तर शारिरिक व्यायाम गरिरहेकी छिन् । फिल्मले बक्सिङ (मार्सल आर्ट्स) को कथा पेश गर्ने श्रोत बताउँछ । उता अनुपबिक्रमले भने पछिल्लो पटक फिल्म ‘लिलिबिली’को युरोप छायाँकन सकाएर नेपाल फर्केका छन् । रिलिजको फिल्म ‘कृ’मा उनले निभाएको भुमिकालाई लिएर दर्शकमा प्रतिक्षा बढिरहेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add