यो मन त मेरो नेपाली हो

हुने भयो फेरी क्या रमाईलो , अमेरिकन गायिका आइशा फुकुशिमा नेपाल आउंदै

काठमाडौं । फेरी अमेरिकन गायिका एवं र्‍याप एक्टिभिस्ट आइशा फुकुशिमा नेपाल आउने भएकी छन् । नेपालका लागि अमेरिकन राजदुत अलैना बि तेप्लिजले आइशासँगको फोटो सेयर गर्दै उनी पुनः नेपाल आउने जानकारी गराएकी हुन् ।

अलैनाले लेखेकी छिन्, ‘उनी फेरी नेपाल आउँदै छिन्। उनको प्रेरणादायी संदेशले नेपाली युवामा उर्जा र जोस भर्नेछ ।’ उनको ट्विटमा आइशाले पनि आफू नेपाल आउन हतारिएको प्रतिक्रिया जनाएकी छन् ।



यसअघि सन् २०१७ मा उनी नेपाल आएर काठमाडौंको भृकुटी मण्डपमा कन्सर्ट गरेकी थिइन्।

र्‍याप्टिभिजम नामक अभियानको अभियान्ता रहेकी उनी अमेरिकन एम्बेसीले आयोजना गरेको सांगीतिक कार्यक्रममा सहभागी भएकी हुन्।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add