यो मन त मेरो नेपाली हो

धेरै पछि सेन्टिमेन्ट भर्शनको गीतमा गायक शिब परियार /

अहिलेका निकै चर्चित तथा व्यस्त गायक शिव परियारको नया गीत ‘आँशुको अर्थ’को भिडियो सार्वजनिक गरिएको छ । सयौ हिट गीत दिएर लाखौ दर्शक तथा स्रोताको मन जित्न सफल गायक शिव परियारको आवाजमा रहेको निकै मन छुने ‘आँशुको अर्थ’बोलको गीतको पुरानो अडियो युट्युबमा एक महिनामा नै ९ लाख २२ हजार  भन्दा बढी पटक हेरिसकिएको छ।

युट्युबमा अडियो हिट पछि गायक शिव परियारले ‘आँशुको अर्थ’बोलको नया भर्सन गीतलाई नया बर्ष २०१८को पहिलो भिडियोको रुपमा आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरेका हुन् ।यस गीतलाई शिवले ‘शिवालय’ एल्बममा समाबेश गरेका छन् ।


‘आँशुको अर्थ’ बोलको गीतको नया भर्सनमा निर्माण गरिएको भिडियोमा नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको अभिनय देखन सकिन्छ । निकेश खड्काको निर्देशक रहेको यस भिडियोमा बुद्ध थापा को छायांकन र बिकाश धमलाको सम्पादन रहेको छ ।

गीतमा अहिलेका चर्चित गायक तथा संगीतकार टंक बुढाथोकिको संगीत रहेको छ ।गीतलाई संचारकर्मी रबि अधिकारीले लेख्नु भएको हो ।रंगपत्रकरितामा आफ्नो भिन्दै पहिचान बनाउन सफल अधिकारी पछिल्लो समय गीत लेखनमा समेत आफुले प्रस्तुत गर्नु भएको छ ।पत्रकारिता ,चलचित्र निर्माण ,गीत लेखन र अभिनय समेत सक्रिय अधिकारीको निकै सक्रिय रहनु भएको छ ।





गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add