यो मन त मेरो नेपाली हो


‘सलमानविरुद्ध मुद्दा, नत्र ठूलो कदम उठाउँछौँ’

वलिउडका दुई चर्चित अनुहार सलमान खान र शिल्पा शेट्टी कुन्द्राविरुद्ध मुम्बईको एक थानामा वाल्मीकी समुदायको अपमान गरेको विषयमा उजुरी दर्ता भएको छ ।

अन्धेरी प्रहरी थानाका वरिष्ठ प्रहरी निरीक्षक पन्डित शंकर थोराटले शनिबार राती दुई अभिनेताविरुद्ध ‘एक खास समुदायको अपमान गरेको’ सम्बन्धमा उजुरी आएको जानकारी दिए ।

उजुरीकर्ता नवीन रामचन्द्र लादेले भने, ‘दुई अभिनेताले अन्तर्वार्तामा आफ्नो तुलना भंगीसँग गरेका थिए जुन जातिवाचक शब्द हो र वाल्मीकी समूदायको अपमान हो । यसै सम्बन्धमा हामीले उजुरी दिएका हौँ ।’

नवीन लादेको आरोप छ, ‘दुवै अभिनेताले वाल्मीकी समाजका सदस्यहरुको भावनालाई ठेस पुर्याएका छन् । उनीहरुविरुद्ध कारवाही हुनुपर्छ ।’

सलमान खानविरुद्ध केही वर्षअघि बोलिएको विषयमा आधारित रहेर उजुरी गरिएको छ भने शिल्पा शेट्टीले यो विषयमा माफी मागिसकेकी छिन् ।

ताल्लुक रिपब्लिकन पार्टी आफ इन्डियासँग आबद्ध लादेले प्रहरीले एफआईआर दर्ता गर्न मानिरहेको छैन । उनी भन्छन्, ‘प्रहरीले उजुरी त लिएको छ तर यस मामिलामा औपचारिक तौरमा एफआईआर दर्ज गरेको छैन ।’

‘किन एफआईआर दर्ज नगरेको कुरा प्रहरीले हामीलाई स्पष्ट पार्नुपर्छ । २४ घण्टाभित्र एफआईआर दर्ज भएन भने हामी ठूलो कदम उठाउनेछौँ,’ लादेले भने, ‘सलमान र शिल्पालाई पक्राउ गरेर उनीहरुमाथि कारवाही गर्न हाम्रो माग रहेको छ ।’

लादेका वकिल शिवराम सातपुते भन्छन्, ‘यो मामिलामा एससीएसटी प्रिवेन्सन अफ एट्रोसिटीज एक्ट २०१५ र प्रोटेक्सन आफ सिविल राइटस् १९९५ का अनुसार प्रहरीमा उजुरी दिइएको हो । यस धारा अनुसार अग्रिम जमानत पाइनेछैन ।

सातपुतेका अनुसार सरकारको सर्कुलमा भनिएको छ समाजको एक खास तप्कालाई ‘भंगी’ नभनेर वाल्मीकी भनियोस् । उनी भन्छन्, ‘केही कुरा नराम्रो लाग्यो भने तपाईं भंगी शब्द प्रयोग गर्नुहुन्छ । यस्तो लाग्छ भंगी मानिस नभएर जनावर हुन् ।’

सलमान खानमाथि एक टेलिभिजन अन्तर्वार्तामा कथित रुपमा ‘म यस्तो गीतमा नृत्य गर्दा भंगी देखिएको छु । मलाई पनि राम्रो लागिरहेको छ’ भनेर भनेका थिए । यो अन्तर्वार्ता सलमानले केही वर्ष अघि दिएका हुन् ।

शिल्पामाथि आरोप छ कि यही वर्ष युटीभी स्टार्सलाई दिएको एक अन्तवार्तामा उनले घर बस्दा आफू भंगीजस्तो देखिने बताइएकी थिइन् ।

यस मामिलामा शिल्पाले आफ्नो ट्वीटर फेसबुकमा माफी मागिसकेकी छिन् । उनले कसैको भावनलाई ठेस पुर्याउन आफ्नो उद्देश्य नरहेको भन्दै शिल्पाले बताएकी थिइन् ।

तर, नितिन सापुतेका अनुसार माफी मागेर मात्र केही हुनेछैन । उनले कानूनअनुरुप यो गलत भएको बताए ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add