यो मन त मेरो नेपाली हो


नायक प्रदिप खड्का संग रोमान्स गर्दै प्रियंका / ‘लिलिबिली’को छायांकन सम्पन्न (फोटो फिचर)

निर्देशक मिलन चाम्सको निर्देशनमा बन्दै गरको  फिल्म ‘लिलिबिली’को छायांकन सम्पन्न भएको छ । बिदेशको बिभिन्न देश  लण्डन, स्कटल्याण्ड हुँदै टर्कीको राजधानी इस्ताबुल सम्म यो फिल्मको छायांकन गरिएको छ । ५० औ दिन प्रियंका र प्रदिपलाई फिचरिङ गरिएको गीत खिच्दै छायांकन समाप्तीको घोषणा पनि गरिएको हो ।

निर्माण पक्षका अनुसार फिल्मको केहि दृश्यको छायांकन नेपालमा गरिने भएको छ , फिल्ममा प्रदिप र प्रियंकाको साथमा जसिता गुरुङ र अनुपविक्रम शाही पनि मुख्य भूमिकामा छन् ।

फिल्ममा अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रदिप खड्काविचको रोमान्स देखाइएको छ । प्रियंका र प्रदिपको रोमान्ससँगै दर्शकमा झन् कौतुहलता थपिएको छ ।

काफिया फिल्मस्, सुदिप खड्का प्रोडक्शन र चाम्स इन्टरटेन्मेन्टले मिलेर यो फिल्मलाई निर्माण गरेका हुन् । फिल्मलाई चैत्र ३० गतेबाट अलनेपाल प्रदर्शन गरिने निर्माणपक्षले जनाएको छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add