यो मन त मेरो नेपाली हो


क्या रमाईलो जहाँ बावु छोरीको बिहे गराईन्छ

प्रविधिले संसारलाई कहाँ पु¥याईसक्यो तर विश्वमा यस्तो पनि सामुदाय छन् जहाँ छोरीलाई आफ्नै पिताको पत्नी बनाईन्छ । सबैलाई थाहा छ कि बिहे भनेको भिन्न भिन्नै लिंग तथा एउटा केटा र एउटा केटि बीच हुने गर्दछ, त्यो पनि सात पुस्ता टाढाको ।


तर संसारमा यस्तो पनि सामुदाय छन् जहाँ बाबु छोरीको धुमधामका साथ बिहे हुने गर्दछ । बुवा र छोरीबीचको नाता संसारमा निकै पवित्र नाता हो । बुवा र छोरीबीच बिहे हुने कुरा त हामीले कल्पना पनि गर्न सक्दैनौँ । यस्तो सम्बन्ध तथा यस्तो गर्नुलाई महापाप ठान्छौँ । तर हामीले पाप ठान्ने यहीँ सम्बन्ध दुनियाको एउटा समुदायमा चाहीँ प्रचलित छ ।
यस समुदायमा छोरीहरुलाई सानै उमेरमै आफ्नै बुवासँग बिहे हुने कुरा बताइन्छ र आफ्नै बुवासँग बिहे भएको सपना देखाइन्छ । मानसिक रुपमा बाल्यकाल देखिनै यस्तो कुरा सुनेर हुर्किएका छोरीहरुले जान्ने भैसक्दासम्म आफ्नो बुवालाई नै लोग्ने स्विकार्ने अवस्थामा पुगिसकेका हुन्छन् ।

यो बंगलादेशमा बस्ने एक आदिवासी समुदायमा प्रचलित प्रथाको कुरा गरिएको हो । त्यहाँको मण्डी जातिमा प्रचलित बुवाले आफ्नै छोरीसँग बिहे गर्ने कुप्रथा रहेको छ ।

यो समुदायमा अर्को प्रथा पनि रहेको छ । जस अनुसार यदि कुनै महिलाको बिहे भएको छोटो समयमै लोग्नेको मृत्यु भएमा विधवा महिलाले लोग्नेका परिवारका कुनै पुरुष सदस्सँगै बिहे गर्नुपर्दछ । भारत र बंगलादेशमा गरी मण्डी समुदायका २० लाख मानिस छन् । उनीहरुलाई गारो जातिका नामले पनि चिनिन्छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add