यो मन त मेरो नेपाली हो


पोष्टरको चर्चा सेलाउन नपाउदै १२ गाउँ २ को गीत सार्वजनिक / समिर भट्ट फरक अवतार

चलचित्र '१२ गाउँ २' को अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक सङ्गै चर्चा सेलाउन नपाउदै सोमबार चलचित्रको एक गीत "जुनेली" सार्वजनिक गरिएको छ । असोज ३० गते फूलपातीको अवसर पारेर सर्वजनिक प्रदर्शन हुने यस चलचित्रको सार्वजनिक गीतमा समीर भट्ट र कृसु शाहि (काफिया ) लाई फिचर्ड गरिएको छ ।  

समिर भट्ट पछिल्लो समय नेपाली चलचित्रमा एक्सन हिरोका रूपमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका छन्। ‘१२ गाउँ २’ मा भने उनलाई यसअघिका चलचित्रभन्दा केही फरक शैली र अवतारमा देख्न सकिने गीतबाट संकेत मिलेको छ।



युग भुशालको शब्द , संगीतमा तयार भएको यस गीतमा  सुगम पोखरेलको आवाज रहेको छ । गीतमा  सियोन श्रेष्ठको कोरियोग्रागी रहेको छ ।

बिराज भट्ट फिल्म प्रोडक्सनको प्रस्तुति रहेको यस चलचित्रमा सरस्वती भट्टको लगानी रहेको छ । बिराज भट्टको निर्देशन र अभिनयमा तयार भएको यश चलचित्रमा समीर र कृसुको अलावा अनुप विक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालू राना, खुसी कार्की, पुष्कर भट्टा, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णा बहादुर गन्धर्व र सुधिर  श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ । यसै चलचित्र मार्फत कृशु शाही (काफिया) र वर्षा ईटनीले नेपाली चलचित्र नगरिमा पाईला टेक्दैछन । 

सन्तोष सरकारको कथामा निर्माण भएको यस चलचित्रमा महेश पौडेलको डिपी (छायांकन) काला चरणको ब्याकग्राउन्ड म्युजिक यम गुता गुरप्पाको साउन्ड डिजाइन र बन्दे प्रसाद र जिजेन्द्र जि ( साउथ ) को सम्पादन रहेको छ ।

स्टन्ट सिल्भा र शंकर महर्जनको एक्सन कोरिग्राफ रहेको यो चलचित्रको सम्पुर्ण प्राबिधिक काम सकेर प्रचार प्रसारमा जुटेको बताए चलचित्रका निर्माण प्रमुख भोला सुवेदी ( आर्जे प्रणव) ले । "केही दिनमा टिजर सार्वजनिक गर्नेछौ अहिले त्यसैको प्राबिधिक पाटोको काम भईरहेको छ" सुबेदीले भन्नू भयो । 

आगामी असोज ३० गते (अक्टोबर १६) अर्थात् दशैंको फूलपातीको अवसर पारेर देशव्यापी रूपमा सिनेमाघरहरूमा प्रदर्शनमा आउने यस चलचित्रलाई काफिया फिल्म्स र कुबेर सिनेमाले वितरण गर्नेछन । 

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add