काठमाडौँ । निर्देशक सुदर्शन थापाको निर्देशनमा बन्ने नयाँ नेपाली चलचित्र ‘शुभ विवाह’को औपचारिक घोषणा गरिएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टिमले चलचित्रको शीर्ष कलाकारसहित प्राविधिक टोली सार्वजनिक गरेको हो। चलचित्र प्रियादर्शन फिल्मस्को ब्यानरमा निर्माण हुनेछ।
चलचित्रमा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराई मुख्य भूमिकामा रहनेछन्। उनीहरूसँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अंशु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईं, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यलगायत कलाकारको अभिनय रहनेछ।
निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काले यसअघि सफल मानिएको चलचित्र ‘प्रेम गीत’मा सहकार्य गरेका थिए। ‘शुभ विवाह’ उनीहरूको पुनः सहकार्य हो।
सुप्रिया कटुवालको निर्माण तथा साम भुजेलको कार्यकारी निर्माण रहने चलचित्रको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन्। पटकथा तथा संवाद रामशरण पाठकको रहेको छ। चलचित्रमा अर्जुन पोखरेलको संगीत र रेभन आरती सिंहको पार्श्व संगीत रहनेछ।
राजेश श्रेष्ठले छायांकन, मिलन श्रेष्ठले सम्पादन र राजेन्द्र मोक्तानले कलर ग्रेडिङ सम्हाल्नेछन्। नृत्य निर्देशन विक्रम स्वारको रहनेछ भने ट्रेलर सम्पादन साहिल खानले गर्नेछन्।
चलचित्रको सह–निर्देशन बसन्त अधिकारी, साजन कट्टेल र प्रार्थना पाठकले गर्नेछन्। ध्वनि मनोज लामा, कला निर्देशन रोशन दिवाना र प्रोडक्सन म्यानेजर सुदीप ढकालको रहनेछ।
रोमान्टिक कथावस्तुमा आधारित ‘शुभ विवाह’को छायांकन चाँडै सुरु गर्ने तयारी निर्माण पक्षको छ। चलचित्र आगामी फागुन २१ गतेदेखि नेपालभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।








0 comments:
Post a Comment