यो मन त मेरो नेपाली हो


‘पार्वती’को ‘मेरो दिदी’ सार्वजनिक, नीता र अशोकको भावुक अभिनय

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को लिरिकल गीत ‘मेरो दिदी’ सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार ओएसआर युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो।गीतमा बाबुल गिरीको शब्द, संगीत तथा स्वर रहेको छ। साथै, अशोक दर्जीले पनि स्वर दिएका छन्। उनी फिल्मका अभिनेतासमेत हुन्।


सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नीता ढुंगाना र अशोक दर्जीले अभिनय गरेका छन्। कारुणिक भाव प्रस्तुत गरिएको गीतमा दिदी–भाइबीचको प्रेम र आत्मीयतालाई समेटिएको छ। रक्षाबन्धनको अवसरमा दिदी–भाइबीचको माया र सम्बन्धलाई प्रस्तुत गरिएकाले गीतले दर्शकलाई भावुक बनाउन सक्ने देखिन्छ। गीतका शब्द र भिडियोको दृश्यबीच पनि राम्रो तालमेल देखिन्छ।


नीता ढुंगानाको निर्देशनमा बनेको फिल्ममा मुख्य भूमिकामा निर्देशक ढुंगाना र अशोक दर्जी रहेका छन्। नीता र अशोकका साथमा फिल्ममा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ।


निर्देशक ढुंगानाकै कथा तथा पटकथा रहेको फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको छायांकन रहेको फिल्ममा रामजी लामिछानेको नृत्य निर्देशन छ।फिल्मका प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने हरिहर अधिकारी निर्माता हुन्। फिल्मको सम्पादन तथा टिजर र ट्रेलरको काम साहिल खानले गर्नेछन्। रोयल भीमसेनले पोस्टर डिजाइन गरेको फिल्मको वितरणको जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन्। फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।


यसअघि फिल्मको ‘नौ तुनाको रेल’ बोलको गीत सार्वजनिक भएको थियो। उक्त गीतमा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठले स्वर दिएका छन् भने शब्द हर्क साउदको रहेको छ। पछिल्लो समयका चर्चित संगीतकार दीपक शर्माको संगीत रहेको गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन्। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add