यो मन त मेरो नेपाली हो


प्रभात लामा अब फिल्मका हिरो, साइन गरे ‘तीन तिघ्रे, क्या बिग्रे’

काठमाडौं । कमेडियन प्रभात लामा अब फिल्मका हिरो बन्ने भएका छन् । अमरदीप सापकोटाको आगामी निर्देशकीय फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ बाट उनले डेब्यू गर्न लागेका हुन् ।केही साताअघि नै उनले यो फिल्म साइन गरेको जानकारी अनलाइनखबरलाई दिए । ‘कमेडी नाइट विथ च्याम्पियन’बाट चर्चामा आएका प्रभात पछिल्लो समय निकै रुचाएका हाँस्य कलाकार हुन् ।

‘उहाँ फिल्ममा लिड रोलमा देखिनुुहुनेछ’ सापकोटाले भने । यसअघि यो फिल्ममा गायक पशुपति शर्मा र अञ्जु पन्तकी छोरी पारितोषिका अनुबन्धित भैसकेका छन् ।रोचक संयोग के छ भने, यो फिल्म निर्देशक सापकोटासहित अहिलेसम्म अनुबन्धित भैसकेका सबै कलाकारको डेब्यू फिचर हुनेछ । साउनदेखि छायांकनमा जाने फिल्ममा टिभी सिरियलका कलाकार भटभटे पनि जोडिने चर्चा छ, यद्यपि यकिन भैसकेको छैन ।


नयाँ महिला कलाकार लिने तयारी निर्माताको छ । फिल्मलाई रघुनाथ सापकोटाले निर्माण गर्दैछन्।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add