यो मन त मेरो नेपाली हो


१८ डी सिनेमासँग चितवनमा नयाँ अनुभव, उद्घाटनमा प्रदीप खड्का

चितवन , चैत्र १३ । नेपाली सिनेमामा लोकप्रिय अभिनेता प्रदीप खड्काले रामनवमीको अवसरमा चितवनमा १८ डी सिनेमाको उद्घाटन गरेका छन् ।  उद्घाटनका क्रममा १८ डीको अनुभव लिदै अभिनेता खड्काले चितवन  जस्तो पर्यटकीय गन्तव्यमा यस्तो आधुनिक प्रविधियुक्त सिनेमा थपिनु सकारात्मक भएको बताए । उनले  सगरमाथा, रारा ताल लगायतका पर्यटकीय स्थललाई यस्तै प्रविधि मार्फत विश्वसामु प्रस्तुत गर्न सके पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने धारणा व्यक्त गरे ।  

चितवनको भरतपुर स्थित सिजी ल्याण्डमार्कको दोस्रो तलामा सञ्चालनमा आएको १८डी सिनेमा फ्लाई ओभर ईन्टरटेनमेन्ट द्वारा संचालनमा ल्याईएको तेस्रो शाखा हो । यहाँ दर्शकले १७ फरक विषयवस्तुमा आधारित एनिमेटेड सिनेमा मार्फत विशेष प्रभाव सहितको मनोरञ्जन अनुभव गर्न सक्नेछन् । यो सिनेमामा एक पटकमा ८ देखि १० जना दर्शकले मात्र सिनेमाको मज्जा लिन सक्छन्  । यहाँ सिनेमा हेर्दा पुरै सिट घुम्छ, हिउँ पनि झर्छ र पानी पनि पर्छ । हरेका सिनेमाको दृश्य अनुसारको १८ वटा अनुभूति दिलाउँछ ।  

यसै क्रममा कम्पनीका प्रमुख राम थापाले दर्शकको मागलाई ध्यानमा राख्दै चितवनमा तेस्रो शाखा विस्तार गरिएको जानकारी दिए । उनले काठमाडौँको प्रवेशद्वारका रूपमा चिनिने चितवनमा यस सिनेमा मार्फत देशभरका दर्शकलाई आकर्षित गर्न सकिने विन्दूको रुपमा रहने बताए ।   कम्पनीले यसअघि काठमाडौँको सिटी सेन्टरमा पहिलो तथा पोखरा डिज्नील्याण्डमा दोस्रो शाखा सञ्चालनमा ल्याइसकेको छ, जसको उद्घाटन गत साता महानायक राजेश हमालले गरेका थिए ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add