यो मन त मेरो नेपाली हो


एक्शन र भावनाले भरिएको ‘आई. एम. जीतबहादुर’को टिजर सार्वजनिक / तर कथा चुहाएन निर्माण टिमले

भोला सुबेदी (प्रणव)
भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको फिल्मले गाउँबाट शहर पुगेर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गरेको छ। फिल्ममा जीतु नेपाल मुख्य भूमिकामा छन् भने उनको जोडीका रूपमा वर्षा राउत देखिएकी छन्।


यस्तै, प्रियंका कार्की, सन्दीप क्षेत्री र देशभक्त खनाल लगायत कलाकारहरू विशेष भूमिकामा देखिएका छन्।कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको फिल्ममा निश्चल कुँवर र निरज नेपाल कार्यकारी निर्माता रहेका छन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारीले निर्माणमा साथ दिएका छन्। भारतीय सिनेमाटोग्राफर अरविन्दले खिचेको फिल्म आगामी असारभित्र प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।





गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add