यो मन त मेरो नेपाली हो


कलाकार संघको चुनावी सरगर्मी: केही मैदानमा, केही प्रतीक्षामा

भोला सुबेदी (प्रणव) 
काठमाण्डौ 

नेपाल चलचित्र कलाकार संघको चुनावी अधिवेशन आउँदो २८ चैतमा हुने भएको छ । संघको २१औं साधारण सभा तथा चुनावी अधिवेशन काठमाडौँमा हुन लागेको हो । जसका लागि यति बेला दुई जनाले अध्यक्षको लागि लबिङ सुरु गरेका छन् । वर्तमान अध्यक्ष मोहन निरौला र पूर्व अध्यक्ष रवीन्द्र खड्काले पनि आफूहरूले पुन अध्यक्षको उम्मेदवारी दिन सक्ने सम्भावना देखाएका छन् ।

संघको अध्यक्षको लागि अहिले पूर्व उपाध्यक्ष उत्तम केसी र वर्तमान महासचिव सबिन श्रेष्ठले आफ्नो लबिङ सुरु गरेका छन् । यी दुवै जना अहिले आन्तरिक छलफलमा भए पनि दुवैले प्रत्यक्ष घोषणा गरेका छैनन् । उनीहरू नेपाल चलचित्र कलाकार संघमा अध्यक्षका आकांक्षी देखिएका छन् ।

यसअघि वर्तमान अध्यक्ष मोहन निरौला अहिलेको अवस्था हेरेर केही दिन पछि कसरी अघि बढ्ने भनेर निर्णय दिने बताएका छन् । पूर्व अध्यक्ष रवीन्द्र खड्काले आफूलाई वर्तमान अध्यक्ष मोहन निरौलाको समर्थन रहेकाले संघमा अध्यक्षको उम्मेदवारी दिन सक्ने सम्भावना रहेको बताएका छन् ।

अहिलेसम्म उपाध्यक्षमा कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन् बरु संघको महासचिवमा वर्तमान सचिव रामेश्वर बुर्लाकोटी, कोषाध्यक्ष सुनिल कटुवाल र पूर्व सचिव पनाह अधिकारीले आकांक्षा देखाएका छन् । सुनिल कटुवालको पक्षमा भने धेरै समर्थनमा देखिएकाछन । सुनिलको  काम गर्ने अनुभव र संघ प्रतिको उनको झुकाब सबैले  तारिफ पनि गर्दै आईरहेकाछन 


हालका कार्यसमिति सदस्य गोपाल ढकाल ‘छन्देm’ले यता सचिव पदमा उम्मेदवारीको घोषणा गरेका छन् । अहिलेसम्म उनी बाहेक अरूको सचिवमा चर्चा छैन । यस्तै वर्तमान सह–कोषाध्यक्ष पवित्रा आचार्यले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने बताएकी छिन् । वर्तमान कार्यसमिति सदस्य रोशन श्रेष्ठले सह कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add