यो मन त मेरो नेपाली हो


गृहमन्त्रीलाई धन्यवाद दिँदै गायिका एलिनाले भनिन्, ‘यो आवाज शब्दमा मात्र सीमित नहोस्’

काठमाडौँ । चर्चित गायिका एलिना चौहानले प्रहरीको विषयमा गृहमन्त्री सुदन गुरुङले बोलेका शब्द व्यवहारमा कार्यान्वयन हुनुपर्ने धारणा राखेकी छन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले प्रहरीको त्याग र बलिदानको चर्चा गरेकोमा गृहमन्त्रीप्रति आभार व्यक्त गरेकी छन् । 


उनले प्रहरीको प्रशंसा गर्दै लेख्छिन्, ‘घामले पोल्दा पनि उभिनै रहने झरीले भिजाउँदा पनि हिँडिरहने, हामी चाडबाडमा रमाउँदा सडकको बत्तीमुनि उभिएर हाम्रो खुसी जोगाउने, ती प्रहरीहरू जसले आफ्नो जीवन जोखिममा राखेर हाम्रो सुरक्षाको कसम खाएका छन् । पहिलो पटक देखियो उहाँहरूको लागि खुलेर बोल्ने नेता । धन्यवाद गृहमन्त्रीज्यू, आशा छ यो आवाज शब्दमै सीमित नरहोस् ।’

एलिनाको यो पोस्टले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ । सर्वसाधारणले पनि प्रहरीको कार्यदक्षता र उनीहरूको न्यून सेवा सुविधाका बारेमा राज्यले सोच्नुपर्ने प्रतिक्रिया दिएका छन् ।


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add