काठमाडौँ । फिल्म ‘३६ को आँकडा’को प्रदर्शन सार्ने भएको छ । चैत २७ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्मको प्राविधिक काम अझै बाँकी रहेको कारण फिल्म सर्ने भएको हो ।
निर्देशक सबिर श्रेष्ठले फिल्मको प्राविधिक काम नसकिएको कारण फिल्मको प्रदर्शन सार्ने बताए । ‘फिल्मको अझै ब्याकग्राउड म्युजिक लगायत थुप्रै प्राविधिक काम बाँकी छ । जसले गर्दा फिल्म निर्धारित मितिमा प्रदर्शन गर्न नसकिने भइयो’, श्रेष्ठले भने, ‘अब काम सकिएपछि निर्माताहरूसँग सल्लाह गरेर मिति तोक्छौँ ।’
फिल्मको प्रदर्शन रोकिएसँगै अभिनेत्री रेखा थापा र निर्देशक सबिर श्रेष्ठबिचको सम्बन्ध चिसिएको चर्चा फिल्म क्षेत्रमा छ । तर यस विषयमा दुवैले बोल्न चाहेनन् ।
चैत २७ को मितिबाट टसमस नहुने अडानका साथ निर्माण जुटेको फिल्ममा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का, निरुता सिंहको मुख्य अभिनय छ। यसअघि रेखा र निरुताले फिल्म ‘दुई पल’मा अभिनय गरेका छन् । फिल्म रेखा थापाले बनाएकी हुन् ।
‘३६ को आँकडा’ २७ चैतबाट बाहिरिएपछि सोही मितिमा प्रदर्शन हुने अन्य दुई फिल्म विराज भट्टको ‘राम नाम सत्य’ र सागर लम्साल (बले) को ‘डल्लेले इन्ट्री मार्यो’लाई राहत मिलेको छ ।








0 comments:
Post a Comment