यो मन त मेरो नेपाली हो


फिल्म ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा

काठमाडौँ । फिल्म ‘सिन्दुरे जात्रा’ निर्माण घोषणा गरिएको छ । ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेलले यो फिल्म घोषणा गरेका हुन् । फिल्मको एक टिजर सार्वजनिक गर्दै नाम घोषणा गरेका हुन् ।

टिजरमा सिन्दुरे जात्राको मन्त्र पढेजस्तो आवाज रहे पनि के भनेको हो त्यो भने बुझिँदैन । फिल्मको कथा पनि निर्देशक पौडेल स्वयंको हो । नुवाकोटमा मनाइने गरेको ऐतिहासिक सिन्दुरे जात्रामा आधारित रहेर फिल्म बन्न लागेको बताइन्छ । सारंगी फिल्म्सको प्रस्तुति रहेको सो फिल्मको निर्माता प्रभाकार श्रेष्ठ हुन् ।


सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहने फिल्ममा को–को कलाकार रहनेछन् भन्ने केही समयपछि जानकारी गराउने निर्देशक पौडेलले बताए । फिल्म आरआर फिल्मस्ले वितरण गर्नेछ ।  पौडेल निर्देशित पछिल्लो फिल्म केही अघि मात्र प्रदर्शनमा आएको थियो । 

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add