रमेश पाठकको स्वरमा रहेको गीत ‘तिम्रै माया छ’ सार्वजनिक भएको छ । रमेशकै शब्द, संगीत र दिनेश न्यौपानेको संगीत संयोजन रहेको गीतको भिडियो शुक्रबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो । यस्तै, नृत्य निर्देशक गोविन्द प्रभात, निर्देशक पवन केसी, गायिका मञ्जु लावती अतिथि रहनुभएको उक्त कार्यक्रमका प्रमुख अतिथि डा. बरालले शब्द, संगीत र स्वरको राम्रो संयोजन रहेको गीत रहेको बताउनुभयो । यस्तै अन्य अतिथिले गीत जति राम्रो छ भिडियो पनि त्यतिकै सशक्त राम्रो रहेको भन्दै बधाई तथा शुभकामना दिएका थिए । गायक रमेशले सबैको प्रयासबाट एउटा राम्रो गीतको भिडियो श्रोता/दर्शकमाझ ल्याएको बताउनुभयो ।
कृष्ण रसालको निर्देशन रहेको गीतको भिडियोमा शिला गजुरेल र रोशन श्रेष्ठलाई फिचरिङ गरिएको छ । यस्तै, भिडियोमा जितेन्द्र महर्जनको पनि अभिनय रहेको छ ।
वासु बरालको सिनेमाटोग्राफी रहेको गीतको भिडियोमा राकेश दाहालको दृश्य सम्पादन र कलर रहेको छ । गीतको भिडियो रमेश पाठक अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।








0 comments:
Post a Comment