यो मन त मेरो नेपाली हो


‘द फन्टुस शो’ नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु

काठमाडौँ। नेपालकै पहिलो इम्प्रभ कमेडी शो द फन्टुस शो शनिबारबाट ओएसआर रियालिटी मार्फत प्रसारण सुरु भएको छ । कार्यक्रम हरेक शनिबार राति ९ बजे प्रसारण हुनेछ।हिल्स एण्ड होराइजन फिल्म्सले प्रस्तुत गरेको यो शोको निर्देशन चर्चित कमेडियन कैलाश कार्कीले गरेका छन्। कार्यक्रमलाई अर्का चर्चित कमेडियन सन्तोष थापाले होस्ट गरेका छन् ।

कार्यक्रममा आशिष न्यौपाने, रजनीश अर्याल, सतीश कार्की, जय खतिवडा, श्रिया सुवेदी र आस्था तिमिल्सिना प्रतिस्पर्धीका रूपमा सहभागी छन्। उनीहरूले विभिन्न चरणमा फरक–फरक इम्प्रभ गेमहरू खेलेर प्रतिस्पर्धा गर्नेछन्।शो तीन राउन्ड सिल्भर, गोल्ड र डायमण्ड मा विभाजन गरिएको छ। प्रत्येक राउन्डमा छ एपिसोड रहनेछ र एलिमिनेशन तथा वाइल्डकार्ड प्रणाली लागू हुनेछ। यसरी २० एपिसोडको अन्त्यमा एक जना विजेता घोषणा गरिनेछ।



गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add