यो मन त मेरो नेपाली हो


ललितपुर ‘संगीतको रचनात्मक सहर’ घोषित, युनेस्कोबाट ऐतिहासिक सम्मान

काठमाडौँ । नेपालको सांस्कृतिक राजधानीका रूपमा परिचित ललितपुर महानगरले अन्तर्राष्ट्रिय स्तरमा अर्को परिचय पाएको छ ‘युनेस्को संगीतको रचनात्मक सहर’।संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले विश्व सहर दिवस–२०२५ को अवसरमा ललितपुरलाई यो प्रतिष्ठित उपाधि प्रदान गरेको हो।

युनेस्कोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो सम्मान ललितपुरको जीवन्त सांगीतिक परम्परा र सिर्जनशीलतालाई दिगो सहरी विकासको आधारका रूपमा स्थापित गर्ने प्रतिबद्धताको कदर हो।”संस्थाले थप उल्लेख गरेको छ, “यो उपलब्धि केवल ललितपुरका कलाकार र नागरिकहरूको मात्र नभई सम्पूर्ण नेपालको गर्वको क्षण हो।”

नेपालमा अब दुई युनेस्को ‘रचनात्मक सहर’ रहेका छन् काठमाडौं (फिल्मको रचनात्मक सहर) र ललितपुर (संगीतको रचनात्मक सहर)।सन् २००४ मा सुरु गरिएको युनेस्को क्रिएटिभ सिटिज नेटवर्क (UCCN) ले सहरहरूबीच सांस्कृतिक, आर्थिक, र सामाजिक सहकार्यलाई प्रवर्द्धन गर्दै सिर्जनशीलतालाई दिगो विकासको माध्यम बनाउने उद्देश्य राखेको छ।


ललितपुरसँगै यस वर्ष युक्रेनको राजधानी किभ, बेल्जियमको लिज, अमेरिकाको न्यू अर्लिन्स, मोन्टेनेग्रोको निकसिक, र चीनको उक्सी लगायतका सहरहरू पनि ‘संगीतका रचनात्मक सहर’ का रूपमा घोषित भएका छन्।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add