यो मन त मेरो नेपाली हो


‘परान’को ग्राण्ड प्रीमिएर सम्पन्न /आँशु पुछ्दै निस्किए उपस्थितहरु

काठमाडौँ । चलचित्र ‘परान’को ग्राण्ड प्रीमिएर सम्पन्न भएको छ । बिहिबार राजधानीको सुन्धारा स्थित सिविल मलको क्यु एफ एक्स सिविलमा भव्य प्रीमिएर सो को आयोजना गर्यो ।  सिमित चलचित्रकर्मी र पत्रकारहरुले बिहिबारको ग्राण्ड प्रिमिएरमा सहभागिता जनाए । ब्यापारिक क्षेत्रका व्यक्ती बिशेषको उपस्थित रहेको शो मा धेरैले चलचित्रको तारिफ गरे । चलचित्रसकेपछी एक अर्का संग फेस गर्न सकेनन कारण फिल्मको क्लाईमेक्सले सबैको आँखा रसाएका थिए । 

पारिवारिक कथामा बनेको यस चलचित्र उपस्थित सम्पूर्णले मन पराए । बरिष्ट अभिनेता निर शाहको जीवन्त अभिनयले चलचित्र हेरिरहदा दर्शकको आँखा शाह बाट हट्दैन । शाहले दर्शकको मनमा राम्रै संग हानेको पनि छ । नाम नभन्नु भन्ने सर्तमा एक जना चलचित्रकर्मीले चित्र खबर संग भन्नु भयो दशैँ देखि यता ७ ओटा नेपाली चलचित्र हेरर तर यो चलचित्र  ‘परान’ले मन र मस्तिस्क दुवैमा हान्यो । चलचित्रलाई सफलताको शुभकामना ।  

चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको डेब्यू निर्माण ‘परान' ले दर्शकको राम्रो साथ् पाउने देखिन्छ । बिहिबारको ग्राण्ड प्रिमिएर संगै चलचित्रको बुकिंग पनि खुलेको छ । 

भोलि शुक्रबार (१४ गते) सार्वजनिक प्रदर्शनमा आउँदै गरेको फिल्मले देशभर उत्साहजनक शो पनि पाएको छ। बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको यस फिल्मले हालसम्म ६४ भन्दा बढी शो पाएको छ। आज साँझ अबेरसम्म केही थप शोहरू जोडिने सम्भावना छ।

भावनात्मक पारिवारिक कथानक बोकेको यो फिल्म नेपाली बक्सअफिसमा पारिवारिक दर्शकलाई ठूलो संख्यामा आकर्षित गर्ने देखिन्छ। दीपक प्रसाद आचार्य (काकु)को डेब्यू निर्देशन रहेको फिल्ममा वरिष्ठ अभिनेताहरूलाई केन्द्रीय भूमिकामा प्रस्तुत गरिएको छ।  फिल्ममा शाहका अलावा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यले अभिनय गरेका छन्।

त्यस्तै, फिल्मका गीतमा निर्देशक दीपक आचार्यकै शब्द, रिदम कँडेलको संगीत रहेको छ भने प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालले स्वर दिएका छन्। छायांकन (डि ।ओ ।पी) शिवराम श्रेष्ठले गरेका हुन् भने सम्पादन मित्र डी। गुरुङले गरेका हुन्। कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका छन्। फिल्मका प्रोडक्सन म्यानेजर अनिष अधिकारी र समर चौलागाईं हुन् भने अजय उपाध्याय कार्यकारी निर्माता हुन्।  



गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add