यो मन त मेरो नेपाली हो


Friday Release : चलचित्र ‘परान’ आजदेखि सार्वजनिक प्रदर्शनमा

काठमाडौं। फ्राइडे रिलिज अन्तर्गत कार्तिक १४ गते, शुक्रबारदेखि नेपाली फिल्म ‘परान’ देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको डेब्यू निर्माण रहेको यस फिल्मले टिजरदेखि नै दर्शकमाझ उत्सुकता जगाएको थियो।

फिल्मको अग्रिम टिकट बुकिङ बुधबारदेखि खुलेको थियो भने हिजो बिहीबार साँझको प्रिमियर शोमा उपस्थित सेलिब्रिटी र दर्शकले फिल्मलाई उच्च प्रशंसा दिएका थिए। दीपक प्रसाद आचार्यको निर्देशनमा बनेको यस फिल्मले प्रदर्शनको पहिलो दिनमै देशभर उत्साहजनक शो पाएको छ।


‘बाइस्कोप सिनेमा’को ब्यानरमा बनेको ‘परान’ले भावनात्मक पारिवारिक कथामार्फत दर्शकको मन छुने प्रयास गरेको छ। नेपाली समाजभित्रको पुस्तान्तरण, सम्बन्ध र मूल्यबोधलाई फिल्मले संवेदनशील ढंगले प्रस्तुत गरेको छ।

फिल्ममा निर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यको अभिनय समावेश छ।

गीतमा निर्देशक दीपक आचार्यकै शब्द, रिदम कँडेलको संगीत र प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालको स्वर रहेको छ। फिल्मको छायांकन शिवराम श्रेष्ठ, सम्पादन मित्र डी. गुरुङ र कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका हुन्। प्रोडक्सन म्यानेजरका रूपमा अनिष अधिकारी र समर चौलागाईं छन् भने अजय उपाध्याय कार्यकारी निर्माता हुन्।

‘परान’ले पारिवारिक भावनासँगै आधुनिक नेपाली समाजको कथालाई पर्दामा उतार्ने प्रयास गरेको छ, जसले यो हप्ता बक्सअफिसमा सकारात्मक सुरुवात दिलाउने अपेक्षा गरिएको छ।

यो पनि पढ्नुहोस 
‘परान’को ग्राण्ड प्रीमिएर सम्पन्न /आँशु पुछ्दै निस्किए उपस्थितहरु

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add