चितवन , असोज १८
नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालीन बन्द भएको छ। नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोला आसपासको क्षेत्रमा ढुंगा र पहिरो खस्ने क्रम रहेकाले अर्को सूचना जारी नभएसम्म उक्त सडक बन्द भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएरातिदेखिको अविरल वर्षाले ढुंगा पन्छाउन समेत नसकिएको हो। हाल भारी वर्षाको सम्भावनाले पनि जोखिम मुल्याङ्कनका लागि सडक बन्द गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए। यसअघि पनि असोजको पहिलो सातामा नारायणगढ मुग्लिन सडक अन्तर्गत तुइन खोलामा पहिरो जाँदा ३६ घण्टा बाटो अवरोध भएको थियो। यता मुग्लिन-नागढुंगा सडक खण्डको जवाङ खोला नजिकै खसेको पहिरो भर्खरै हटाइएको छ।अहिले त्यहाँ सवारी आवागमन सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ । त्यहाँ आज बिहान ५ः५५ बजे पहिरो खसेको थियो।









0 comments:
Post a Comment