यो मन त मेरो नेपाली हो


दिपक, दिपा र जितु सँगै रमाए गेथेस्बर्गवासी नेपालीहरु

४ भाई इन्टरटेनमेन्टको प्रस्तुतीमा "छक्का पञ्जा इन गेथेस्बर्ग" कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । नेपाली चर्चित कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल लगायतकाहरु अमेरिका भ्रमणमा रहेका बेला ४ भाई इन्टरटेनमेटले  भ्रमणको अन्तीम कार्यक्रम भेटघाट र विदाई स्वरूप यस कार्यक्रमको आयोजना गरेको हो । 

 उक्त कार्यक्रममा वरिष्ट कलाकार शिवहरी पौडेल तथा चर्चित नायक प्रज्वल गिरीको पनि उपस्थिती रहेको जानकारी दिनुभयो ४ भाई का प्रमुख दिवश वनले । 

पहिले पटक दिपक, दिपा  र जितु नेपाललाई गेथेस्बर्गमा देख्न पाउँदा त्यस क्षेत्रमा बसोवास गर्ने नेपाली कलाप्रेमी नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । धेरैले दिपक , दिपा र जितु संग नांचगान पनि गरे ।  
निरन्तर रूपमा यस्ता नेपाली कला तथा  सांस्कृतीक कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने यस कार्यक्रमका संयोजक निमेष गिरीले बताउनु भयो  । नेपाली कला एवं चलचित्र क्षेत्रका विविध गतिविधी आफू जहाँ भए  पनि निरन्तरता दिनुर्पछ भन्ने सोचने यस्ता कार्यक्रमहरु आयोजना गर्ने गरेको ४ भाई इन्टरसमेन्टका सल्लाहकार एवम चलचित्र प्रोडक्सन डिजईनर कृष्ण कोइरालाले बताउनु भयो  । साथै कार्यक्रमको सफलताको लागी  यस संस्थां  ४ भाई इन्टरटेनमेन्टका सदस्यहरु उत्सव रिमाल, राजेन्द्र श्रेष्ठ अनी पुराना रेडियोकर्मी सन्जु शहीको पनि बिशेष भूमिका रहेको थियो । 

कार्यक्रमको संचालन वरिष्ठ गितकार एवं निर्माता वावुराम दाहाल ले गर्नुभएको थियो । कार्यक्रमला रोचक बनाउन दिपक, दिपा अनी जितुले एकल प्रस्तुतीका साथ संयुक्त प्रस्तुती पनि गरेका थिए ।     

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add