यो मन त मेरो नेपाली हो

५ औ हप्तामा चलचित्र ‘यो मन त मेरो नेपाली हो’ / हल संचालक नै गर्छन तारिफ भन्छन "फिल्म साच्चै राम्रो रहेछ"

काठमाण्डौ गत असार २७ बाट प्रदर्शनमा आएको नेपाली कथानक  चलचित्र ‘यो मन त मेरो नेपाली हो’प्रदर्शनको अहिले नेपाल प्रदर्शनको ३५ औ दिन अर्थात ५ औ हप्तामा सफल प्रदर्शन भैईरहेको छ । "यो फिल्मले दर्शकको मन जितिरहेको छ , धेरै थोरै दर्शक फिल्म हेर्न दैनिक आईरहेका छन् ,फिल्म पनि नेपाली भाषाको रहेछ मलाई पनि राम्रो लागो " अष्ट नारायण हल बालाजुका हल संचलाक भुषण मानन्धरले भन्नु भयो । 

दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाएको यस चलचित्रमा "पूर्ण बहादुरको सारंगी"  फेम मुख्य कलाकार विजय बराल अभिनित चलचित्र हो । यस चलचित्रमा विजय बरालको अलावा रोशन श्रेष्ठ , विल्सन बिक्रम राई ,बुद्धि तामांगको साथै अभिनेत्री आयुषा समालको अभिनय रहेको छ । 

प्रदर्शनको  ५ औ हप्तामा देशका बिभिन्न सिनेमा घरहरुमा प्रदर्शन भैरहेको यो चलचित्र  ५ औ हप्तामा संगै अमेरिका  निवाशी नेपाली भाषी समुदायहरुका लागि आउँदो शनिबार अर्थात अगस्ट १६ तारिखका क्लिप्ल्यांड, ओहाईयोको क्यापिटल थियटरमा प्रदर्शन हुनेभएको छ । 

केहि दिन अघि मात्र अमेरिकाको पित्सबर्गमा शो गरेको यस चलचित्रको ओहाइयोमा पनि डिमाण्ड आएकोले हामीले शो गर्न लागेको बताए निर्देशक मित्र प्रधानले । हाल यो चलचित्र अमेरिकाको बिभिन्न नेपाली समुदायहरु भएको शहरहरुमा ब्याबशायिक प्रदर्शन भईरहेको  । 

 चलचित्रले नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रयास प्रशंसनीय काम गरेको भन्दै युवा पुस्ताले हेर्ने पर्ने चलचित्र बनेको प्रतिक्रिया फिल्मले पाइरहेको छ । पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा तयार भएको यो चलचित्रका निर्माता ज्ञानबहादुर प्रधान रोशन हुन् । मित्र प्रधानको कथा तथा निर्देशन रहेको चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् ।  

 


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add