यो मन त मेरो नेपाली हो

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’बाट पोजेटिभ भाइब्स आइरहेको छ" अभिनेत्री मिरुना मगर

  चलचित्रबाट पनि धेरै आशा छ । दर्शकले मन पराइदिनुहुन्छ भन्नेमा विश्वस्तe छु ।”

बलियो लाइनअप रहेको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुँदै छ । हिमाल न्यौपानेले निर्देशन गरेको यो चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन्  राउतले यसअघि ‘प्रेमगीत ३’ मा मुख्य भूमिका निभाएका थिए भने अहिले निर्देशनतर्फ पाइला चालेका छन् । उनी भन्छन्, यसले निम्न र मध्यम वर्गीय नेपालीको समस्या उजागर गर्छ । नेपाली दर्शकको मुड र रुचि अनुसार तयार गरिएको यो सिनेमा सम्पूर्ण वर्गको प्रतिनिधि कथा बन्नेछ ।

” “हाम्रो केही न केही हराएको हुन्छ, कहिले वस्तु, कहिले सम्बन्ध, कहिले अस्तित्व,” एसोसिएट निर्देशक राउत भन्छन्, “यो कुनै समुदाय विशेषको मात्र नभई सबैको साझा कथा हो । त्यही भएर मिरुना मगरलाई चलचित्रमा जोडेका हुौँ । उहाँ मार्फत आम नेपालीले भोगेको समस्या यो सिनेमाले देखाउछ । दर्शकको रुचि र चाहनालाई सम्बोधन गर्नेमा म विस्वस्त छु ।’

आम नेपाली समाजमा गहिरो गरी गुञ्जिरहेको भावनात्मक र सामाजिक यथार्थमा आधारित रहेको चलचित्रमा मिरुना मगरसँगै विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।


थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।

गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add